वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमइ बैंकको नाफा १६ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँले गिरावट

अर्थटुडे
२०७४ कार्तिक १७, शुक्रबार

काठमाडौं । ग्लोबल आईएमई बैंकको खुद नाफा १६ प्रतिशतले घटेर ३५ करोड ५२ लाख रुपैयाँ रहेको छ । व्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आपछि बैंकको नाफामा गिरावट आएको हो ।

बैंकले शुक्रबार प्रकाशित गरेको प्रथम त्रैमासिक प्रतिवेदनमा बैंकको आम्दानी मूख्य स्रोत खुद व्याज आम्दानीमा १५.८७ प्रतिशत तथा सञ्चालन नाफामा २७.८५ प्रतिशतले घटेको छ । खुद नाफामा आएको गिरावटले बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँले घटेर १७ रुपैयाँ ४८ पैसामा झरेको छ ।

बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने बैंकको निक्षेप संकलन र कर्जा परिचालनमा समान्य ३०.६१ प्रतिशत र ३२.१७ प्रतिशतको वृद्धि भएको छ । यस अवधिमा बैंकले एक खर्ब चार अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ, पूँजीकोष अनुपात ११.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.३५ प्रतिशत र मूल्य आम्दानी अनुपात २२ गुणा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ