वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टुरिजमसँगको मर्जरको निर्णय लिन मेगा बैंकको साधारण सभा फेरि बोलाइने

अर्थटुडे
२०७४ मंसिर ५, मंगलवार

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंकले विशेष साधारण सभा फेरि बोलाउने भएको छ ।

मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले मर्जरजस्तो महत्वपूर्ण निर्णय लिनका लागि अर्को साधारण सभा आह्वान गर्न लागिएको बताए ।

अर्को साधारण सभा आह्वान गरी टुरिजम विकास बैंकसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले संचालक समितिलाई अनुमति पनि दिएका छन् । अर्को विशेष साधारणसभा छिट्टै बोलाइने बैंकले जनाएको छ ।

यसैबीच, दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश समेत जारी गरेको छ ।

साधारण सभा अघि बढाउन अब मेगा बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जनाएको छ । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका बाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।

मेगा बैंकको एउटा एक्सटेन्शन काउन्टरसहित ४८ वटा शाखा कार्यालय छन् । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकका ३२ वटा शाखा छन् । मेगा र टुरिजम दुबैले यो आर्थिक बर्षमा नयाँ शाखाहरु पनि थप्ने तयारी गरिरहेका छन् ।

मर्जरपछि मेगा बैंकका शाखा कार्यालय १ सय भन्दा बढी पुग्ने र ४८ वटा जिल्लामा बैंकको व्यवसाय र पुँजीलाई थप बृहत बनाउने छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ