वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बङ्गलादेश बैंकले खोल्यो चार शाखा

अर्थटुडे
२०७४ मंसिर १९, मंगलवार

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले देशका विभिन्न ठाउमा चार शाखा विस्तार गरेको छ । बैंकले मंसिर १३ गते जुम्ला जिल्लाको सिन्जामा, मंसिर १७ गते धनकुटा जिल्लाको भेडेटार, साङ्गुरीगढी तथा तेह्रथुम जिल्लाको छत्तरमा तथा मंसिर १८ गते सङ्खुवासभाको पाँचखपनबाट शाखा खोलेको हो । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगाना, बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषणलगायतको उपस्थिती थियो ।

नयाँ शाखाहरुका साथै बैंकको कुल शाखा ५४, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित बैंकिङ सेवा तथा ४८ वटा एटिएम काउन्टर पुगेको छ । आर्थिक वर्ष २०७३\७४ सम्ममा बैंकले ४३ अर्व ७१ करोड निक्षेप संकलन गरी ३७ अर्व ४६ अर्व लगानी गरी १ अर्व २० करोड नाफा गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ