वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तेस्रो पटक नविल बैंक पुगे अनिल शाह

अर्थटुडे
२०७४ पुष १३, बिहीबार

काठमाडौं । चर्चित बैंकर अनिल केशरी शाह नविल बैंक फर्केका छन् । नविल बैंकबाट नै करियर सुरु गरेका शाह पुनः नविल बैंक फर्केका छन् । बैंकको विहिबार बसेको नविल बैंकको संचालक समिति बैठकले शाहलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

शाहले नविलमा इन्टर्न गरेपछि स्ट्यान्डर्ड चार्टर्डमा गएका शाह नविल बैंकको महाप्रबन्धक भएर त्यहाँ गएका थिए । शाहले फागुन ५ गतेदेखि बैंकको सिइओ पद सम्हाल्ने छन् । शशिन जोशीले राजीनामा दिएपछि बैंकमा सिइओ पद खाली थियो । जोशीको राजीनामा फागुन ५ गतेदेखि लागु हुने गरि स्वीकृत भएको थियो ।

यसअघि शाहले सेन्चुरी बैंकको प्रमूख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी पत्र बुझेका थिए । तर तलबमा कुरा नमिलेपछि शाह पुनःतेस्रो पटक नविल बैंक पुगेका हुन् । नविल बैंकको प्रमूख कार्यकारी अधिकृतमा अन्य चार जनाको नाम चर्चामा रहेपनि शाह नियुक्त भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ