वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यापार प्रबद्र्धन गर्नका लागि भारतसँगको स्थिर विनिमयदर परिवर्तन गर्नु जरुरी

अर्थटुडे
२०७४ पुष १९, बुधबार

काठमाडौ । भारतसँगको स्थिर विनिमय दरलाई परिवर्तन गर्नु जरुरी रहेको बहस चल्न थालेको छ । भारतसँगको स्थिर विनिमयदरका कारण नेपालको व्यापार प्रबद्र्धन नभएको बताइएको छ ।

नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा साउथ एशियन वाच अन ट्रेड एण्ड इकोनमिक्स एण्ड इन्भायरोमेण्ट (सावती)का अध्यक्ष डा.पोषराज पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै निर्यातलाई प्रबर्द्धन गर्नका लागि नेपालले विनिमय दरमा पुनरावलोकन गर्न आवश्यक भएको बताए । उनले भारतसँगको विनिमय दरमा पुनरावलोकन नगर्दा भारतीय ब्यापारको प्रबर्दधन भइरहेको र नेपालको निनर्यातदर २० प्रतिशतले घटेको दावी गरे ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशकले अहिले भारतसँगको विनिमयदर चलाउन नहुने बताए ।

उनले सो विनिमयदर चलाएमा मुल्यबृद्धि ह्वात्तै बढ्ने बताउँदै उनले पहिले उत्पादन बृद्धि र निर्यात कसरी बढाउन सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने बताए । उनले निर्यात बढाउन प्याकेजमा नै कार्यक्रमहरु ल्याउनुपर्ने तर्फ जोड दिए ।
सावतीका अध्यक्ष पाण्डेले भने अहिले पनि मुल्यबृद्धिदर भारतको भन्दा सधै बढी नै भएकोले भारतसँगको विनिमयदर चलाउदा केही समय मुल्यबृद्धि भएपनि त्यसले नेपालको व्यापारमा सघाउ पुरयाउने दावी गरे ।

कार्यक्रममा बाणिज्य सचिव चन्द्र घिमिरेले आयात ब्यवस्थापनमा सोच्ने बेला आइसकेको बताए । उनले आयत गर्दा पनि राजस्व संकलन हुने भएकोले देशका निति निर्माताहरुले पनि नजानिदो तवरले आयातलाई नै प्रोतसाहन गरेको तर्क राखे । उनले आयातलाई व्यवस्थापन नगरेमा नेपालको व्यापारघाटाको अवस्था भयावह बन्दै जाने तर्क राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ