वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कसले चोर्यो संसारकै महंगो रक्सी ?

अर्थटुडे
२०७४ पुष २०, बिहीबार

एजेन्सी । डेनमार्कको कोपनहेगन स्थित क्याफे ३३ बाट विश्वकै सबैन्दा महंगो रक्सीको बोतल चोरी भएको छ ।
चोरी भएको महंगो बोतल रुसो बाल्टिक भोड्का रुसी कम्पनी डार्टज मोटर्जले बनाएको हो । संसारको सबैभन्दा महंगो भोड्का क्याफे ३३ मा हेर्नका लागि मात्रै राखिएको अवस्थामा चोरी भएको हो ।

जुन बोत्तलको मूल्य झण्डै १३ करोड नेपाली रुपैयाँ रहेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । बोतल चोरी भएपछि डेनमार्कको राजधानी कोपनहेगनमा हल्लाखल्ला मच्चिएको थियो । चोरी भएपछि डेनमार्क प्रहरीले यस विषयमा जाँच सुरु गरेको छ ।

चोरी भएको उक्त मदिरा पिउन, बेच्नका लागी भन्दा पनि हेर्नका लागी मात्रै राखिएको हुन्छ । डेनमार्कको क्याफे ३३ मा संसारका धेरैजसो महंगा मदिरा पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ