वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

अर्थटुडे
२०७४ माघ २४, बुधबार

काठमाडौ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको पैसा नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशले मंगलबार पैसा नरोक्न नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।
अदालतको अन्तरिम आदेशपछि सुमार्गीले बिदेशबाट ल्याएको र नबिल बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिब साढे ३ अर्ब रुपैयाँ अब उनले प्रयोग गर्न पाउने भएका छन् ।

सुमार्गीको स्याटालाइट टेलिकम प्रालीले अदालतमा मुद्दा दायर गरेको थियो ।

‘रकम रोक्का राख्दा उद्योगलाई क्षति वा हानी रहेको देखिन आएमा सम्पति शुद्धीकरण र राज्यका अधिकार प्राप्त निकायबाट छानबिन भइरहेको भए त्यसमा वाधा अड्चन नहुने गरी प्रस्तुत रकम र सोबाट हुने लाभ समेत विदेश लैजान नपाउने गरी निवेदकले माग गरेको वखत भुक्तानी दिलाउनु र खाता सञ्चालनमा अवरोध नगर्नु नगराउनु,’ अदालतको अन्तरिम आदेशमा भनिएको छ ।

अदालतले यो बिषयको बृहत्तर छलफल गर्नु उपयुक्त भएको भन्दै फागुन २ गते नेपाल राष्ट्र बैंकसहितलाई उपस्थितिका लागि निर्देशन दिएको छ । अदालतले दुबै पक्षको बयान सुनेपछि आवश्यक निर्णय गर्ने अन्तरिम आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ