वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

देउवाद्धारा प्रधानमन्त्रीबाट राजीनामा

अर्थटुडे
२०७४ फाल्गुन ३, बिहीबार

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नामामा सम्बोधन गर्दै विहिबाकर राजीनामा दिएका छन् । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले राजीनामा दिने घोषणा गरेका हुन् । यसअघि नै बाम गठबन्धनले नयाँ सरकार गठनका लागि दावी पेश गरीसकेको छ । अबको सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलता भएको दावी गरेका छन् ।

उनले आफ्नो पार्टी सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने स्पष्ट पारे । सम्वोधनलगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । कांग्रेस सभापति देउवा गत जेठ २४ गते मुलुकको ४० औं प्रधानमन्त्री बनेका थिए

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ