काठमाडौं । नेपाल टेलिकमले फागु पूर्णिमाको अवसर पारेर‘होली अफर’ ल्याएको छ । सो अफरमा अनलिमिटेड भ्वाइस नाइट कल,अल टाइम डाटा, नाइट डाटा, भ्वाइस डाटा र एसएमएस लगायतका पाँच किसिमका सेवामा आकर्षक अफर दिन लागिएको टेलिकमले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ ।
अनलिमिटेड भ्वाइस नाइट कल अन्तर्गत ग्राहकले ३५ रुपैयाँमा राती दश बजेदेखि बिहान छ बजेसम्म तीन दिनसम्म कल गर्न सक्नेछन् । अनलिमिटेड अल टाइम डाटा अन्तर्गत ग्राहकले ५० रुपैयाँमा चौबीस घण्टा अलटाइम डाटा प्रयोग गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले एक जिबीको डाटा थ्रिजी र फोर जीको गतिमा चलाउन सक्नेछन् भने समयावधि पछि २ सय ५६ केबीपिएसको गतिमा चलाउन सक्नेछन् ।
ग्राहकले एक जिबीको थ्रिजी र फोरजीको गतिमा चल्ने अनलिमिटेड नाइट डाटा प्याक १५ रुपैयाँमा खरिद गर्न सक्नेछन् । यो सेवा राती १० बजे देखि विहान छ बजेसम्म प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीको अनुसार समयावधी पछि उक्त डाटा २ सय ५६ केबीपिएसमा चलाउन सक्ने बिज्ञप्तीमा उल्लेख छ ।
ग्राहकले अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर एक घण्टाको लागि प्रयोग गर्न सक्नेछन्। २५ रुपैयाँ शुल्क लाग्ने अफर टेलिकमको नेटवर्कमा रहेर ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा लिन सक्ने कम्पनीले बताएको छ ।
जिएसएम मोबाइलकर्ताले ’होली अफर’ फागुन १७ गतेदेखि चैत १ गतेसम्म प्रयोग गर्न सक्नछन् । ≠ नेपाल टेलिकमको
प्रतिक्रिया