काठमाडौं । अर्थमन्त्री डा. युबराज खतिवडाले राज्य प्रणालीका संयन्त्रहरु खुकुलो भएको र यसलाई नोट बल्ट लगाएर कस्नुपर्ने अवस्था आएको बताएका छन् । चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक समीक्षा कार्यक्रममा उनले राज्यका संयन्त्र खुकुलो हुदा समग्र अर्थतन्त्रमा नै समस्या पैदा भएको बताउदै यसलाई बलियो बनाउनका लागि संयन्त्रलाई नै कस्नुपर्ने बताए ।
उनले अघिल्लो सरकारका केही निर्णयका कारण राज्य कोषमा चार पाँच खर्बको व्यवभार परेको र त्यसको स्रोत व्यवस्थापनका लागि रणनीति तय गर्ने र श्वेतपत्रमार्फत अर्थतन्त्रको भविष्यको बाटो सार्वजनिक गर्ने बताए ।
कमजोर पुँजीगत खर्च, वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभाव, उच्च व्यापार घाटा न्यूनीकरणको संभावित उपाय श्वेतपत्र मार्फ सार्वजनिक गरिने खतिवडाको रणनीति छ ।
त्यस्तैगरी उनले अहिलेको तरलताको समस्यालाई सम्बोधन गर्नका लागि बैंकहरुलाई बाहिर पार्किङ गरिरहेको रकलाई ल्याएर चलाउन तथा विदेशी लगानी भित्र्याउनका लागि सहज बनाउन नेपाल राष्ट्र बैंकसँग छलफल गरिरहेको बताए ।
उनले विभिन्न आयोजनाहरुको अध्ययन र अनुगमन गरी आयोजनाका कामहरु अगाडी बढाइएको भए बजेट विनियोजन गर्ने र यदी काम नभएको भए त्यहाँ बजेट रोक्ने समेत बताए ।
अर्थमन्त्री डा.खतिवडाले अर्थमन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भने भने काम सकिएको भए भुक्तानीका लागि असार नपर्खिकनै तत्काल भुक्तानी दिनु । त्यस्तैगरी उनले भन्सारमा मुल्यांकन कम गर्ने अनि दरबारमार्गका पसलमा छापा हान्ने कामको अन्त्य हुनुपर्नेमा जोड दिदै भने “मुहान सफा भएपछि अन्यत्र पनि सफा हुन्छ ”।
नेकपा एमालेले आफ्नो पार्टीको घोषणापत्र जारी गर्दा सामाजिक सुरक्षाको क्षेत्रमा गरिएको प्रतिबद्धतामा आफूपनि भागिदार भएको बताउँदै यसलाई व्यवस्थित गर्ने बताए । उनी सामाजिक सुरक्षाको नाममा नगद प्रबाह भने गर्न नहुने पक्षमा उभिएका छन् । यसअघि नेकपा एमालेले आफ्नो घोषणा पत्रमा आफ्नो पार्टी विजयी भए बृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने जनाएको थियो ।
प्रतिक्रिया