काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । बैंकले भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा र देवचुलचुली नगरपालिका १४ दलदलेमा शाखा स्थानान्तरण गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखा स्थानान्तरण गरेका हुन् । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात चनौलीमा र दलदलेमा स्थानान्तरण गरिएको हो । नारायणगढ र पर्सामा एनआईबिएलको पहिले नै शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखाहरु स्थानान्तरण गरिएको हो ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।
हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६१ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकको पुष मसान्तसम्ममा १ सय ३० अर्ब रुपैयाँ निक्षेप र १ सय १४ अर्ब रुपैयाँ कर्जा तथा लगानी रहेको छ ।
प्रतिक्रिया