वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइपीओ जारी गर्दै शिवम् सिमेन्ट

अर्थटुडे
२०७४ चैत्र १४, बुधबार

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले साधारण सेयर (आइपीओ)जारी गर्ने भएको छ । सिमेन्ट उद्योगमा शिवम् सिमेन्ट नै आइपीओ जारी गर्ने पहिलो कम्पनी भएको छ ।

कम्पनीले जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने भएको हो । कम्पनीले प्रिमियम मुल्यमा सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको माघ २१ गते सम्पन्न विशेष साधारणसभाले सर्वसाधारणहरूलाई प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तर कतिमा जारी गर्ने भन्ने विषयमा भने टुङ्गो लागेको छैन ।

कम्पनीले स्थानीय वासीन्दाका ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणको लागि र ८ लाख ८० हजार कित्ता सेयर स्थानीय बासिन्दाको लागि आइपीओ जारी गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार आईपिओ जारी गर्नकालागि शिवम् सिमेन्टले चैत ६ गते निवेदन दर्ता गराएको थियो । आईपिओ निष्काशनको विक्रि प्रबन्धकको जिम्बेवारी सिद्धार्थ क्यापिटलले गर्नेछ ।

चीनको होङसी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको शिवम् सिमेन्टको उद्योग मकवानपुरको हेटौँडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ