काठमाडौं । सिभिल बैंकले ग्राहकलाई ध्यानमा राखी “सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन” बजारमा ल्याएको छ ।
यस एप्लिकेसन मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण\ल्यान्डलाइन\एडीयसयल\डिसहोमको बील भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न यस मोबाइल एप्लिकेशनको उपयोगबाट गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले हालसम्म दुई लाख भन्दा बढी ग्राहकहरु रहेको ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरेको छ भने ३६ अर्व रुपैयाँ कर्जा लगानी गरेको छ । शाखा संख्या ६० पुगेकोे बैंकले जनाएको छ ।
प्रतिक्रिया