वि.सं. २०८२ कार्तिक ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्यात बढाउन सरकारले इन्सेन्टिभ पनि बढाउनुपर्छ

अर्थटुडे
२०७५ बैशाख ६, बिहीबार

दुर्गा विक्रम थापा
अध्यक्ष, नेपाल पश्मिना उद्योग संघ
नेपालबाट विदेशमा निर्यात हुने बस्तुहरुमा पश्मिना पनि पर्दछ । सन् १९९९ मा नेपालबाट बार्षिक १० अर्बको हाराहारीमा पश्मिनाको सामग्रीहरु निर्यात हुने गरेको थियो । तर सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको ट्वीनटावर आक्रमणपछि नेपालबाट निर्यात हुने पश्मिनाको सामग्रीमा ह्वात्तै गिरावट आयो । पछि फेरी सन् २०१७ देखि पश्मिनाको निर्यातमा विस्तारै बृद्धि भइरहेको छ । नक्कली पश्मिनालाई सक्कली बनाएर विक्रि गर्नु, ग्राहकले नक्कली र सक्कली पहिचान गर्न नसक्नु,प्रतिष्पर्धी बजार हुनु, सधै एउटै डिजाइनको सामग्रहरुमात्र उत्पादन हुनु लगायतका विभिन्न कारणले पश्मिना निर्यात घटेको हो । तर पश्मिनामा भएको डुव्लीकेनलाई रोक्नका लागि नेपाल पश्मिना उद्योग संघले “नेपाली च्याङ्गा पश्मिना” नामक ट्रेडमार्क लगाएको छ । नेपाली पश्मिनाको अहिलेको अवस्था, यसमा हुनुपर्ने सुधारहरु लगायतका विषयलाई समेटेर विजनेश प्लसले पश्मिना उद्योग संघका अध्यक्ष दुर्गा बहादुर थापासँग गरेको कुराकानीको सारांशः

पश्मिनाको अहिलेको अवस्था कस्तो रहेको छ ? बताइदिनोस् न
अहिले पश्मिना उद्योग फस्टाइरहेको अवस्था छैन । सन् २००० को पेरीफेरीमा करिव १० अर्ब रुपैयाँको हाराहारीमा निर्यात भएको पश्मिना व्यवसाय धेरै बर्षसम्म एक देखि डेढ अर्बको हाराहारीमा निर्यात भएर खुम्चिएर रह्यो । सन् २०१२ देखि विस्तारै पस्मिना निर्यातले गति लिन थालेको छ । सन् २०१७ को डाटा हेर्ने हो भने करिव तीन अर्बको हाराहारीमा हामीले पश्मिनाका सागाग्रीहरु निर्यात गर्ने गरेका छौ । यो तथ्यांकले के देखाउँछ भने पछिल्लो समयमा फेरी पश्मिना व्यवासायले गति लिन लागेको छ । यहाँको बजारबाट पनि साढे दुई देखि तीन अर्ब रुपैयाँको हाराहारीमा पश्मिनाको सामग्री विक्रि हुने गरेको छ । नेपालमा भित्रिएका पर्यटकहरुले पश्मिनाको सामग्री खरिद गरेर गिफ्टको रुपमा आफ्नो देशमा लैजाने गरेका छन् ।

पश्मिना व्यवसायमा मुख्य समस्याहरु के के हुन् ?

पश्मिना व्यवासयको मुख्य समस्या भनेको डिजाइन डेभलपमेन्टको पाटो हो । यसमा स्थायी प्रकारको समाधान रहेको छैन । नक्कली पश्मिनाको कारण ग्राहकहरु ठगिएका छन् । साथै नक्कली पश्मिनाकै कारण विश्व बजारमा पश्मिनाको मागमा कमी आएको हो । त्यसैले हामीले “नेपाली च्याडग्रा पश्मिना” भनेर ट्रेडमार्क दर्ता पनि गराइसकेका छौ । यो विश्वका ४७ देशहरुमा निर्यातका लागि दर्ता भएको छ र निर्यात पनि हुने गरेको छ । विगत तीन बर्षदेखि सरकारसँग नेपाल पश्मिना उद्योग संघ मिलेर इआएएफ्को फन्डिङमा, आइटिसिको प्राविधिक सहयोगमा (pets) “पश्मिना इन्ह्यान्समेन्ट ट्रेड सपोट” नामक कार्यक्रम सञ्चालन गरेका थियौ । यस कार्यक्रमले युरोप, अमेरिका, जापान र हङकङ गरी चारवटा देशमा स्टलहरु मार्फत “नेपाली च्याङग्रा पश्मिना”को मार्केटिङ गर्यौ । जसले गर्दा त्यहाँको बजारमा नेपाली पश्मिनाको पहिचान पनि भयो । “नेपाली च्याङग्रा पश्मिना”को लेवल लागेको पश्मिना भनेको “क्वालीटी ग्यारेन्टेड” नै हो । यदी त्यो ट्रेड लागेको पश्मिना छ र त्यो क्वालीटीको छैन भने नेपाल पश्मिना उद्योग संघ र सम्बन्धीत व्यवसाय जिम्मेवार हुन्छ । यदी यो ट्रेडमार्क गलत प्रयोग भएको खण्डमा सो व्यवसायीले क्षतिपुर्ति व्योहोर्नु पर्ने हुन्छ ।
त्यस्तै अर्को मुख्य समस्या भनेको पश्मिनाको लागि कच्चा पदार्थको अभाव नै हो । नेपालमा पश्मिनाको लागि चाहिने कच्चा पदार्थ उपलव्ध भएपनि यो प्रोसेसिङ भएर आउन सकेको छैन । नेपालका १४ वटा जिल्लाहरुमा यसको सम्भ्याव्यता देखिएको छ । तर मुस्ताङ मनाङ र डोल्पामा सानो परिणाममा कच्चा पदार्थको उत्पादन भएको छ । त्यसलाई प्रोसेसिङ गर्नको लागि सरकारलाई संघले घच्घच्याइरहेको छ । तर काम भइरहेको छैन । यस वर्ष सरकारले त्यसको लागि सानो रकम छुट्याएको थियो तर सो रकम प्रान्तमा गयो ,हाम्रो काम नै रोकियो ।

त्यसैगरी व्याजदरमा भएको बृद्धि पनि पश्मिना व्यवसाय प्रबद्र्धनको ठूलो बाधक हो । हामीले ९ देखि १० प्रतिशत सम्ममा लिएको बैंकको लोनको व्याजदर १६ प्रतिशतसम्म पुगेको छ । १६ प्रतिशत व्याजदर तिरेर हामीले विश्व बजारमा कसरी प्रतिष्पर्धा गर्न सक्दछौ ? बैंकहरुले भएभरको रकम घरजग्गामा लगानी गरे अनि अहिले लगानीका लागि रकम छैन भनेर हामीजस्ता उद्योगी व्यवसायीलाई मर्कामा पार्न मिल्छ ? यो हदैसम्मको गैर जिम्वेवारी हो । यसलाई नेपाल राष्ट्र बैंक र सरकारले कडा रुपमा नियमन गरेर रोक्नुपर्दछ ।  पश्मिना व्यववसायमा भएको अर्को समस्याको रुपमा कामदारहरु विदेश पलायन हुनु पनि हो ।

पश्मिनाको डिजाइन डेभलपमेन्टको समस्या भन्नु भएको छ,यो समस्या समाधानको लागि के गरिरहनुभएको छ ?

डिजाइन डेलपमेन्टको पाटोमा भने संघले नमुना कलेज अफ नेशनल टेक्नोलोजीसँग मिलेर त्यहाँको विद्यार्थीलाई हामीले डिजाइन डेभलपमेन्टको कोर्ष बनाएर उनीहरुलाई टे«निङ दिने कामको सुरुवात गरेका छौ । यो आइसीसँग मिलेर गरेको कार्यक्रमले पनि सपोर्ट गरेको थियो । अबको दुई तीन बर्षमा उनीहरुले मास्टरअफ फेसन डिजाइन गरेपछि त्यो जनशक्ति हामीलाई काम लाग्छ । आगामी दिनमा डिजाइन डेभलपमेन्ट, मार्केटिङ र गुणस्तरमा ध्यान दिन सकेमा पश्मिना व्यवसायलाई अगाडी बढाउन सकिन्छ भन्ने लागेको छ । सरकारले (इपीजेट) अर्थात् एक्सपर्ट प्रोसेसिङ जोन भनेर छट्याएको छ र भर्खरै मात्र गार्मेन्ट आइटमहरु यसमा परेका छन् ।

त्यस्तै पश्मिना जस्तो साना तिना घरेलु उद्योगहरुलाई पनि काठमाडौकै आसपासमा छुट्याएर सोही क्षेत्रमा उद्योगहरु सिफ्ट गराएर काम गर्न सकिन्छ । अरु देशहरुमा १० देखि १७ प्रतिशतसम्म एक्सपर्ट इन्सेन्टिभ दिएको छ । तर हामीकोमा त्यो छैन । त्यस्तो व्यवस्था हामीलाई गर्नुपर्दछ । अहिले हामीलाई दिएको इन्सेन्टिभ जम्मा २ प्रतिशत रहेको छ त्यो साह्रै नोमिनल हो जुन रकम हामीले डकुमेन्टेसन गर्दा नै सकिन्छ । अब स्थिर सरकार आएको छ । सरकारले केही गर्छ की भन्ने आश गरेका छौ ।

नयाँ डिजाइनरहरु आएको छैन । डिजाइन बनाउन सक्ने क्षमता नै हामीसँग कम छ । विश्वबजारमा के कस्ता डिजाइनरको आवश्यकता रहेको छ भनेर अध्ययन गरेर कार्यान्यवनमा ल्याउनुपर्दछ । डिजाइनर डेभलपमेन्टको पाटोमा हामीले कामहरु गरिरहेका छौ । हरेक पश्मिनाको डिजाइनलाई मोर्डनाइज गरेर अन्तराष्ट्रिय बजारमा लैजानुपर्दछ ।

व्यापार विष्लेषकहरुकरुले इन्सेन्टिभ दिने व्यवस्था गर्न हुदैन भनिरहेका छन् नी ?

हामीले भन्दा पनि हाम्रा छिमेकी देशहरुले इन्सेन्टिभ दिएर अन्तराष्ट्रिय बजार प्रबद्र्धन गरिरहेका छन् । हामीले सोही कुरा यहाँ लागु गरेका हौ । यदी सरकारले हामीलाई प्रमोसनको लागि मात्र सहयोग गर्ने हो भने पनि हामी मान्छौ तर हामीले ति देशका उत्पादनहरुसँग प्रतिष्पर्धा गर्नुपर्दछ । समस्या त्यहाँनेर रहेको छ । यदी हामीलाई इन्सेन्टिभ नदिने भएपनि हामी मान्छौ तर अन्य देशले १७ प्रतिशत सम्म इन्सेन्टिभ दिएका छन् उनीहरुसँग हामीलाई प्रतिष्पर्धामा जानकालागि कठिन हुन्छ त्यही भएर निर्यातलाई प्रोत्साहनका लागि इन्सेन्टिभको व्यवस्था गर्नुपर्दछ ।

पश्मिनालाई अन्तराष्ट्रिय बजारमा माकेटिङ गर्नको लागि के कस्ता समस्याहरु रहेका छन् ?

हाम्रो आफ्नै कच्चा पादर्थ छैन । बाहिरबाट कच्चा पदार्थहरु ल्याउनुपर्दछ । केही बर्ष अघिसम्म देश राजनीतिक द्धन्द्धको चपेटामा परेको थियो । विद्युतको उपलव्धता नभएर धेरै समस्या रहेको थियो यी समस्याहरुको विस्तारै समाधान भइरहेको छ । बैकिङको समस्या समाधान गर्ने र प्रमोसनको लागि सरकारले सहयोग गर्ने हो भने हामीपनि अन्तराष्ट्रिय बजारको प्रतिष्पर्धामा जान सक्दछौ । हामीले राष्ट्र बैंक र सरकारसँग पनि हामीले हाम्रो समस्याहरु राखेका छौ । त्यसको हल गर्ने आश्वासन सरकारबाट पाएका छौ हेरौ समस्या समाधान होला ।

नेपालबाट कुनै तेस्रो मुलुकमा पश्मिना पठाउदा के कस्ता समस्याहरु आउँछन् ?

नेपालबाट विदेशमा पश्मिना पठाउनका लागि ठूलो समस्या त होइन । हाम्रो उत्पादन हवाइजहाजबाट नै पठाउने हो । संसारभर इ मार्केटिङको जमाना आइसकेको छ तर हाम्रो देशमा यस्तो मार्केटिङ अत्यधिक महंगो रहेको छ । पहिलो पे मेन्ट सिष्टमको नै विकास भएको छैन दोस्रो एक पिस पठाउनुपर्यो भने कष्ट नै धेरै पर्दछ । कीनकी सामानहरु कुरियर गरेर पठाउनुपर्दा समस्या हुन्छ । नेपालबाट जति निर्यात हुन्छ त्यसको एक प्रतिशत मात्र पनि डिजाइन डेभलपमेन्ट, मार्केटिङ र व्यापार प्रबद्र्धृनमा खर्च गरिदिने हो भने निक्कै राम्रो हुने थियो ।

१८ बर्षअघि १० अर्बको निर्यात भएको पश्मिनाको व्यापार एकैपटक ह्वात्तै किन घट्यो ?

१९९९ तिर वेलायतकी महारानीले नेपालको पश्मिना ओढेको कुराले संसारभर निक्कै नै चार्चा कमायो । जसको कारण नेपाली पश्मिनाको मागमा ह्वात्तै बृद्धि भयो । नेपाली पश्मिना गुण भनेको न्यानो, हलुका र सफ्ट हुन्छ । अर्को कुरा कलरफुल र अकार्षक डिजाइनको हुन्छ । तत्काल माग भएको थियो । मानिसहरुलाई एकै खाले डिजाइनले मोनोटोनस पैदा गर्दछ नेपालको पश्मिना एकैखाले डिजाइनमा भयो जसले मानिसमा मोनोटोनस पैदा भयो र मार्केट घट्न थाल्यो । अर्को हामी विश्वबजारमा प्रतिष्पर्धा गर्न सकेनौ । हामीले पश्मिनाको उत्पादन थालेपछि चाइना इन्डिया लगायतका विभिन्न देशहरुले यसको उत्पादन सुरु गरे । अर्को नेपालबाट नै डुव्लिकेट खालका पश्मिना उत्पादन भएर निर्यात हुन थाल्यो जसले गर्दा नेपालको पश्मिनाको व्यापारमा गिरावट आयो ।

नक्कली पश्मिना हो भनेर कसरी चिन्ने ?
निक्कै कठिन छ । जसले पश्मिनाको सलको प्रयोग गरिरहेको छ उसलाई थाहा हुन्छ । ल्याव टेष्ट गरेपछि मात्र थाहा हुन्छ । जुनसुकै रियन भिष्कोस जुनसुकै धागो प्रयोग गरेर बनाएको सलमा चाही पश्मिनाको लोगो लाग्छ । त्यो ५ सयदेखि १००० रुपैयाँसम्ममा विक्रि हुन्छ । तर एउटा गुणस्तरीय पश्मिनाको सल चार हजार भन्दा बढी रुपैयाँ लाग्छ । विक्रि मुल्य न्युनतम ४ हजार पर्दछ । तर सस्तो सामानलाई पश्मिना भनेर विक्रि गरियो जसले गर्दा उपभोक्ताहरु ठगिए । लेबल हेर्दा पश्मिना तर डुव्लीकेट पश्मिना भएकोले मानिसहरुले सो उत्पादन नै किन्न छोडे ।

यसरी बजारमा नक्कली पश्मिनाले उपभोक्ता ठगिरहेका छन् यसलाई रोक्नका लागि तपाईहरुले के गरिरहनुभएको छ ?

हामीले काम गरिरहेका छौ । भर्खरै मात्र पनि पश्मिनाको परिभाषा तयार भएको छ । यो विधेयकको रुपमा पास भएर कार्यान्वयनका जान्छ । त्यस्तैगरी हामीले व्यक्तिगत रुपमा नै उपभोक्तालाई जानकारी गराइरहेको हुन्छ । त्यसैले हामीले ट्रेडमर्कको कन्सेप्ट ल्याएका हौ । ट्रेडमार्क ट्रेसेवल हुने भएकोले यसको डुव्लीकेसन भने हुदैन ।
नेपालमा पश्मिना बनाउनका लागि कच्चा पदार्थ कहाँबाट कसरी आयात गरिन्छ ?

मंगोलिया र चिनबाट हामीले पश्मिना बनाउनका लागि कच्चा पदार्थहरु आयात गर्दछौ । हामीले ३० प्रतिशत भ्याट र एक प्रतिशत भन्सार तर उल र सिक व्लेन्डेड भएमा छ प्रतिशत भन्सार दर लाग्छ । हामीले ५ प्रतिशतलाई हटाएर एक प्रतिशत मात्र गर्नुहोस् भनेका छौ ।

व्यापारघाटा कम गर्नका लागि के गर्नु पर्छ भन्ने तपाईलाई लागेको छ ?

ठूलै परिवर्तनको जरुरी रहेको छ । अहिलेकै अवस्थामा भने परिवर्तन हुदैन । ठूला औद्योगिक खोल्नुपर्छ । साथै नेपालमा नै उत्पादन गर्न सकिने र निर्यात गर्न सकिने बस्तुको खोज अनुसन्धान गरेर यही उत्पादन सुरु गर्नुपर्दछ । विदेशी लगानीकर्ताहरु ल्याएर काम दिन सकिन्छ ।

सहकारीको माध्यमबाट गरिवी हटाउने भनिएको छ । अहिले जोसँग रकम छ त्यसले सहकारी खोली रहेका छन् । सहकारीको बार्षिक व्याजदर २५ प्रतिशतसम्म रहेको छ । २५ प्रतिशत व्याजमा लिएको रकमले उद्योग फस्टाउँला ? गरिब मानिसहरु धनी होलान् ? यो सम्भव छ ? यो झुक्यानउने मात्र हो । गरिवीबाट सबैलाई हटाउने हो भने सरकार जमानी बसेर थोरै व्याजदरमा बैदेशिक ऋण सरकारले ल्याउनुपर्यो, यहाँका युवालाई ट्रेडिङ दिएर उनीहरुलाई २ देखि ३ प्रतिशतमा ऋण दिनुपर्दछ । केही समय बैंक नचले केही हुन्न देश चल्नु पर्दछ । युवाहरुले पनि पशिनाको मात्र मुल्य पाइने कुरा बुझ्नुपर्दछ । अहिले हाम्रो लाइफ कष्मेटिक भएको छ ।

नेपालमा प्रधानमन्त्रीले पनि उपत्यकामा जग्गा किन्न सक्तैनन् किनकी उनको मासिक तलव नै ६५ हजार मात्र हो भने जग्गाको भाउ प्रति आना लाखौ भइसकेको छ । हावामा महल ठड्याउन छोड्नुपर्दछ । कृषि पनि व्यवसायिकीकरण हुनुपर्दछ । नेपालमा तयारी कपडा आयातमा बन्द गरेर काम लगाउने हो भने नेपाल विस्तारै आत्मनिर्भर हुन्छ । सरकारले निर्यातमा बढी ध्यान दिने भनेको नारामा मात्र सिमित भएको छ ।
पश्मिना व्यवासायलाई बृद्धि गर्नका लागि के गर्नु जरुरी रहेको छ ?

आगामी दिनमा तीनवटा कुरा नै विषेष हो । डिजाइन डेभलपमेन्ट, अन्तराष्ट्रिय बजार व्यवास्थापन र गुणस्तरीय उत्पादन र चेतना नै हाम्रो मुख्य काम हो यसलाई नै हामी निरन्तरता दिने छौ । यसका लागि हामी एक्लैले गर्न सक्तैनौ सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने छौ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ