काठमाडौं । चिनियाँ कम्पनीले दुई वर्षमा चक्रपथमा मोनरोल निर्माण गरी संचालन गर्ने प्रस्ताव काठमाडौं महानगरपालिकामा गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले चक्रपथमा दुई वर्ष भित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।
चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्ष भित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ’, काफ्लेले भने ।
महानगरपालिकाले उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्रयाक र आठ ओटा पुल बन्ने प्रस्ताव गरिएको छ ।
यसैगरी सबै सामानहरु चिनबाट नै आयात गरी फिटिङ मात्र गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया