वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेगा बैंकको शाखा लेखनाथ र कुष्मामा पनि

अर्थटुडे
२०७५ बैशाख १६, आईतवार

काठमाडौँ । मेगा बैंकले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार गरेको हो ।

लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक संचालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । मेगा बैंकले यस क्षेत्रमा २०७४ जेठ १२ मा आंशिक सेवा (सफ्ट लञ्च) प्रारम्भ गरेयता ११ सय खाता खोल्न सफल भइसकेको छ ।

यसैगरी, कुष्मा शाखाको बैंक संचालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे । २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोल्न सफल भएको बैंकले जनाएको छ ।

लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ । मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ