काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बाणिज्य बैंकहरुले भटाभट आर्थिक बर्ष २०७४÷७५ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिरहेका छन् । उनीहरुले सार्वजनिक गरेको वित्तिय विवरणलाई नै आधार मान्ने हो भने चारवटा बाणिज्य बैंकहरुले लगानी गर्न सक्तैनन् ।
मेगा बैंक, जनता बैंक, एबीआइ बैंक र कृषि विकास बैंकले ऋण दिन सक्तैनन् । बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तिय विवरण अनुसार चारवटा बाणिज्य बैंकहरुको सिसिडि रेसियो (कर्जा र निक्षेपको अनुपात)करिव ८० प्रतिशतको हाराहारीमा पुगिसकेको छ ।
सबैभन्दा कठिन अवस्था अहिले मेगा बैंकलाई रहेको छ । सो बैंकको ऋण तथा लगानी झण्डै ८० प्रतिशतको (७९.९३) हाराहरीमा भएको छ । यही आँकडाबाट थाहा हुन्छ मेगा बैंकले अब ऋण लगानी गर्न सक्ने अवस्था छैन ।
त्यस्तै एसबीआइ बैंकको सिसिडि रेसियो ७९.२५ प्रतिशत पुगेको छ । भारतको एसबीआइ ग्रुपद्धारा सञ्चालित सो बैंकले नेपालमा अत्याधुकि बैकिङ सेवा दिइरहेको दावी गरेको छ । त्यसैगरी जनता बैंकको बैंक र कृषि विकास बैंकको सिसिडि रेसियो पनि क्रमशः७९.०८ र ७९.१३ प्रतिशत पुगिसकेको छ । जनता बैंकको यस अघिपनि सिसिडि रेसियो ८० प्रतिशत नाघेको थियो ।
२८ बटा बाणिज्य बैंकहरुमध्ये सबैभन्दा सहज अवस्थामा भने राष्ट्रिय बाणिज्य बैंक नै रहेको छ । सो बैंकको सिसिडि रेसियो सबैभन्दा कम ७३.६२ प्रतिशत रहेको छ । बैंकले अझैपनि ६ प्रतिशतको हाराहारीमा ऋण लगानी गर्न सक्छ । नेपाल राष्ट्र बैंकको नियम अनुसार नेपालका बाणिज्य बैंकहरुको सिसिडि रेसियो ८०ः२० अर्थात निक्षेपको ८० प्रतिशत रकम मात्र बैंकहरुले लगानी गर्न पाउने छन् ।
यदी बाणिज्य बैंकहरुले ८० प्रतिशत भन्दा बढी लगानी गरेमा उनीहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गर्ने गरेको छ । सोही कारबाहीबाट जोगिनका लागि बाणिज्य बैंकहरुले सिसिडि रेसियो ८० बाट ८५ पुर्याउनका लागि राष्ट्र बैंकलाई दवाव दिइरहेका छन् । तर राष्ट्र बैंक यो मामिलामा भने कडाइका साथ अडिग भएर लागेको छ ।
प्रतिक्रिया