केही समयता बजार लगातार रुपमा ओरालो लागिरहेको छ । बुधबार (बैशाख १९ गते ) भने बजार अन्तिम समयमा ११.३७ अंकले मात्र उकालो लाग्यो । यसदिन बजार उकालो लाग्नुमा पनि सेयर बजार चलखेल गर्नेहरुको ठूलो हात रहेको छ । केही समय सेयर बजार उकालोतर्फ लागेपनि अन्ततः यो समय बजार ओरालो लाग्ने नै हो ।
यदी लगानीकर्ताहरुले बजारमा सुरक्षित तथा बजार विष्लेषण गरेर लगानी गर्ने हो भने उनीहरुको लगानी कहिल्यै डुव्दैन । यतिवेला बजार ओरालो लागेको छ, यसबाट के प्रष्ट हुन्छ भने नेपालको सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरु सचेत छन् ।
अहिले बाणिज्य बैंकहरुले समेत मुद्धति निक्षेपमा ११ प्रतिशतसम्म व्याज दिन्छन् । यसमा निक्षेपकर्ताले जोखिम बहन गर्नुपर्दैन । तर सेयर बजारको दोस्रो बजारमा लगानी गर्दा आफ्नो पुँजी नै गुम्ने खतरा हुन्छ । सेयर बजारमा लगानीकर्ताहरुले निक्कै जोखिम बहन गर्नुपर्दछ तर प्रतिफल भने बढीमा ७ प्रतिशत (कम्पनी छानेर लगानी गरेमा पनि) मात्र पाइन्छ ।
सेयर बजार ओरालो लाग्नुमा बाणिज्य बैंकहरुले जारी गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तिय विवरणको पनि केही हदसम्म योगदान रहेको छ । सेयर बजारमा दवदवा रहेको बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा राम्रो नाफा कमाएपनि उसको प्रतिसेयर प्रतिफल भने निक्कै न्युन रहेको छ ।
बाणिज्य बैंकहरुमा धेरै राम्रो मानिने नविल, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैंक लगायतका बैंकहरुमा सेयर लगानी गरेपनि लगानीको प्रतिफल भने निक्कै न्युन देखिन्छ । त्यसैले यसतर्फ लगानीकर्ताहरुले लगानी गरेका छैनन् । यदी तपाई अनुभवी लगानीकर्ता हुनुहुन्न भने यतिवेला सेयर बजारमा लगानी गर्ने समय होइन ।
हेर्नुहोस् कुन बैकले कति प्रतिफल दिन सक्छन्
बैंकको नाम | प्रतिसेयर आम्दानी चालु आव तेस्रो त्रैमासमा रुपैयाँमा | पछिल्लो सेयर मुल्य
रुपैयाँमा |
प्रतिफल प्रतिसेयर
रुपैयाँमा |
कृषि विकास बैंक | २४.२० | ३४८ | ६.९५ |
एनआइसी एसिया | १५.४० | ३३९ | ४.५४ |
सिद्धार्थ बैंक | २०.५२ | ३५३ | ५.८१ |
स्टयान्डर्ड चार्टड बैंक | २५.१२ | ८४९ | २.९५ |
प्रभू बैंक | १४.४५ | २२४ | ६.४५ |
सानिमा बैंक | २०.२२ | ३६२ | ५.५८ |
बैंक अफ काठमाडौं | १७.५४ | ३४२ | ६.९५ |
सिभिल बैंक | ८९१ | १६७ | ५.४० |
एनएमबी बैंक | २९.०९ | ४७५ | ६.१२ |
कुमारी बैंक | १५.७६ | २५१ | ६.२७ |
सिटिजन्स बैंक | १६.७६ | २७३ | ६.१३ |
एनसीसी बैंक | १५.४८ | २८० | ५.५२ |
प्राइम बैंक | २०.८९ | ३२६ | ६.४० |
नेपाल बैंक | ४२.५७ | ३५६ | ११.९५ |
नविल बैंक | ४६.८३ | १०२० | ४.५९ |
माछापुच्छ्रे बैंक | १३.७५ | २४२ | ५.६८ |
सेन्चुरी कमर्सियल बैंक | १०.४२ | १९७ | ५.२८ |
नेपाल बंगलादेश बैंक | १२ | २४६ | ४.८७ |
हिमालयन बैंक | २५.८१ | ६२५ | ४.१२ |
सनराइज बैक | १५.४१ | २५२ | ६.११ |
लक्ष्मी बैंक | १३.६४ | २४७ | ५.५२ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ३५.५५ | ६६७ | ५.३२ |
ग्लोवलआइएमइ | २१.६७ | ३२० | ६.७७ |
एभरेष्ट बैंक | २९.९६ | ८०५ | ३.७२ |
मेगा बैंक | ९.५५ | ||
एसविआइ बैंक | २२.८६ | ५७५ | ३.९७ |
जनता बैंक | ९.५९ | १७८ | ५.३८ |
दोस्रो बजारबाट सेयर किन्ने हो भने लगानीकर्ताहरुको सेयर प्रतिफल भने अत्यधिक न्युन देखिन्छ । बैशाख १६ गतेको सेयर बजार मुल्यलाई आधार मानेर हिसाव गर्ने हो भने नविल बैंकको प्रतिसेयर प्रतिफल जम्मा ४ रुपैयाँ ४९ पैसा हुन्छ । त्यस्तै स्ट्यान्डर्ड चार्टड र इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर प्रतिफल क्रमशः २ रुपैयाँ ९५ पैसा र ५ रुपैयाँ ३२ पैसा मात्र हुन्छ ।
ति बैंकहरुको तुलनामा बजारमा सिभिल, जनता, सेन्चुरी, प्रभू लगायतका बैंकहरुको प्रतिसेयर प्रतिफल क्रमशः ५.४०, ५.३८, ५.२८ र ६.४५ प्रतिसेयर प्रतिफल आउँछ । यस हिसावबले हेर्ने हो भने अहिले लगानीकर्ताहरुले सिभिल, जनता, प्रभू ग्लोवल आइएमइ लगायतका बाणिज्य बैंकहरुमा लगानी गर्नु उचित देखिन्छ ।किनकी यस बैंकको बैशाख १६ गतेको सेयर मुल्य एकसय ५० देखि तीन सयको हाराहारीमा छ भने प्रतिफल ५ देखि ७ प्रतिशतसम्म रहेको छ । अहिले आफूसँग भएको रकम मुद्धति निक्षेपमा लगेर राख्ने हो भने पनि लगानीकर्ताहरुलाई फाइदा नै हुन्छ ।
अहिले बाणिज्य बैंकहरुले समेत मुद्धति निक्षेपमा ११ प्रतिशतसम्म व्याज दिन्छन् । यसमा निक्षेपकर्ताले जोखिम बहन गर्नुपर्दैन । तर सेयर बजारको दोस्रो बजारमा लगानी गर्दा आफ्नो पुँजी नै गुम्ने खतरा हुन्छ । सेयर बजारमा लगानीकर्ताहरुले निक्कै जोखिम बहन गर्नुपर्दछ तर प्रतिफल भने बढीमा ७ प्रतिशत (कम्पनी छानेर लगानी गरेमा पनि) मात्र पाइन्छ ।
जस्तै कुनै व्यक्तिले नविल बैंकको प्राथमिक सेयरमा लगानी गरेको थियो भने अहिले उसले ४६.८३ रुपैयाँ प्रतिफल पाउछ तर अहिले प्रतिकित्ता १०२० रुपैयाँ हालेर नविल बैंकको सेयर किन्नेले जम्मा ४ रुपैयाँ ४९ पैसा मात्र प्रतिफल पाउने छ ।
तर सो बैंकमा लगानी गर्नेहरुको लगानी उच्च जोखिममा हुन्छ । तर सोही व्यक्तिले दोस्रो बजारमा लगानीका लागि तयार गरेको रकम मुद्धति निक्षेपमा राख्ने हो भने ११ प्रतिशतसम्म व्याज पाउँछ । त्यहाँ उसले कुनैपनि जोखिम बहन गर्नुपर्दैन ।
प्रतिक्रिया