वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिल बैंकको सिभिल ट्याब बैकिङ सेवा सुरु

अर्थटुडे
२०७५ बैशाख १९, बुधबार

काठमाडौं । “घरमै बसी बसी बैकिङ खुसी खुसी” भन्ने नाराका साथ सिभिल बैंकले सिभिल ट्याब बैकिङ सेवा सुरु गरेको छ ।
बैशाख १९ गते एक कार्यक्रमको आयोजना गरी बैंकले ट्याब बैकिङ सेवा सुरु गरेको हो । सुचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैकिङ सुविधाहरु घर दैलोमा नै उपलव्ध गराउने उदेश्य अनुरुप सो सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

सो सेवाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याब क्लिक गरेर आरम्भ गरे । सोही कार्यक्रममा डेपुटी गभर्नर श्रेष्ठले पछिल्लो समयमा सिभिल बैंकले प्रविधिमा फड्को मारेको बताए ।

उनले बैंकहरुले खाता खोल्दा पनि केवासी फाराम भर्दा विभिन्न प्रश्नहरु सोधेर हैरान बनाउने गरेको बताउदै जनताले खाता खोल्दा उनीहरुलाई सहज बनाइदिने काम बैंकका कर्मचारीहरुले गरिदिन पर्ने बताए । उनले पछिल्लो समयमा बैंक ह्याकरहरुको बृद्धि भएकोले बैंकहरुले आइटीमा लगानी बढाउनुपर्ने बताए ।

त्यसैगरी सोही कार्यक्रममा बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफूले चाहेको बेलामा खाता खोल्न र चाहेकै ठाउँबाट सेवा सुविधाहरु लिनका लागि यो सेवा प्रभावकारी हुने बताए । सिभिल बैंकले हालसम्म ३६ अर्ब ९६ करोड निक्षेप संकलन र ३६ अर्ब २८ करोड कर्जा तथा लगानी गरेको छ । हाल बैंकको कुला शाखा ६० पुगेको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ