वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“बोर्डले सबै काम गर्ने हो भने सिइओ किन चाहियो ? ”

अर्थटुडे
२०७५ बैशाख ३०, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक खोलेर एकैपटक करोडपति हुने सपना नदेख्न भनेका छन् । उनले बैंकका सञ्चालकहरुले आफ्नो पदको दुरुपयोग गर्ने गरेको बताउँदै यदी करोडपति हुने मन भए बैंकमा लगानी नगरेर कम्पनी खोलेर लगानी गर्न सुझाव दिएका छन् ।

गभर्नर डा.नेपालले भने ‘बैंक वित्तीय संस्थामा बसेर पैसा कमाउने होइन देशको आर्थिक विकासमा सहयोग गर्ने हो,’ ।
आइतबार मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकबीचको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले ‘यदि लगानीकर्ताहरु करोडपति, अबरपति बन्न चाहेमा बैंक वित्तीय संस्थामा नभइ व्यक्तिगत कम्पनी खोलेर काम गरेर कमाउन सक्ने बताए ।

निक्कै आक्रोशित मुडमा देखिएका गभर्नर डा.नेपालले बैंक वित्तीय संस्थामा सर्वसाधारणको पैसा रहेको र त्यसलाई सञ्चालक समिति र व्यवस्थापन मिलेर दुरुपयोग नगर्न चेतावनी दिए ।

‘पछिल्लो समय संचालकहरुले बढि नाफा आर्जन गर्ने लोभमा जथाभावी कर्जा प्रवाह गर्न बैंक व्यवस्थापनलाई दबाब दिन थालेको गुनासो आएपछि उनले सो कुरा भनेका हुन् । उनले भने, ‘यदि कसैले नाफा कमाउनका लागि व्यवस्थापनलाई दवाव दिएको खण्डमा राष्ट्र बैंकले छानविन गरी कारबाहीको दायरामा ल्याउनेछ ।’

साथै बैंक संचालनको जिम्मा व्यवस्थापनलाई छाडेर उनीहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाईदिन समेत बैंक संचालकलाई निर्देशन दिएका छन् ।

यसैगरी अहिले पनि कतिपय बैंक वित्तीय संस्थाको व्यवस्थापन नै संचालकले सम्हाल्ने गरेको गुनासो आईरहेको जानकारी दिँदै त्यस्ता संचालक वा अध्यक्षलाई तत्काल सच्चिन निर्देशन दिएका छन् ।

‘बैंकको संचालन गर्ने काम व्यवस्थापनको हो,’ उनले भने, ‘यदि सबै काम संचालन समितिले नै गर्ने हो भने लाखौ रुपैयाँ खर्च गरेर उच्च शिक्षा हासिल गरेका कर्मचारी किन राख्ने ?’

गभर्नर डा. नेपालले आगामी दिनमा संचालनकको दबाबमा सिइओ हुन नहुने र उनीहरुलाई काम गर्नको लागि स्वतन्त्र वातावरण दिइनुपर्ने बताए । ‘बैंकिङ क्षेत्र अन्य क्षेत्रजस्तो प्रतिफल दिने ठाउँ होइन,’ उनले भने, ‘मैले यसअघि पनि भनेको थिए धेरै साथीहरुले मान्नु भएको छैन अब फेरी पनि यही कुरा दोहोर्याउँदै छु यदि नमानेमा तत्काल कारबाहीको दायरामा ल्याउनेछु ।’

उनले बैंक संचालकलाई जनताको पैसामा आखा नलगाउन समेत चेतावनी दिए । ‘अहिले धेरै बैंक वित्तीय संस्थाले जनताबाट संकल गरेको निक्षेपलाई आफ्नै ढुकुटीको सम्पति जसरी जथाभावी खर्च गर्दै आएका छन् ’
उनले थपे , ‘ निक्षेप संकलन भन्दा कर्जा प्रबाह बढि भइरहेको कुराले यही पुष्टी गरिरहेको छ ।’

आगामी दिन जथाभावी रुपमा प्रवाह गरिएको कर्जाको छानविन गरी कारबाहीको दायरामा ल्याइने समेत उनको दावी थियो । उनले भने, ‘गतल काम गर्ने व्यक्ति २÷४ दिन वा २÷४ महिना उम्केलान तर कालन्तरमा जसरी भएपनि कानुनी दायरामा ल्याउने छौं ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ