वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कुलमानले गरे अर्को कमाल, अब देश लोडसेडिङ मुक्त

अर्थटुडे
२०७५ बैशाख ३१, सोमबार

काठमाडौं । औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

चैत्रमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए ।

निर्देशनपछि औद्योगिक क्षेत्रको पनि  लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जानकारी दिए । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ  रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि,अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, उनले भने, ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

प्राधिकरणले २०७३को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्ययका लगायत मुलुकका प्रमुख सहरलाई  लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण\बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण  समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गरे

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ