काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरका लागि सोमबारबाट बिक्री खुल्ला भएको छ ।
कम्पनीले निष्काशन गर्ने सेयरमा न्युनतम ५० कित्ता देखि अधिकतम ४ हजार २०० कित्ताको लागि दरखास्त दिन पाइनेछ ।
अधिकृत पुँजी १ अर्ब रहेको कम्पनीको प्रबन्धपत्र तथा नियमावली व्यवस्था भए अनुसार कम्पनीले आफ्नो जारी पुँजी ५६ करोड मध्य २५ प्रतिशत अर्थात् १४ करोड रकम बराबरको प्रति शेयर रु. १०० अंकित मूल्यको १४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । जसअनुसार १० प्रतिशतले हुन आउने ५ करोड ६० लाख बराबरको रु. १०० अंकित दरको ५ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावितलाइ यस अधि नै निष्काशन गरेर बाँडफाँड समेत गरिसकेको छ ।
कम्पनी हाल जारी गर्न लागेको ८ लाख ४० हजार कित्ता मध्ये ४ प्रतिशत अर्थात् ३३,६०० कित्ता साधारण शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ४२,००० कित्ता म्युचल फण्डहरुको लागि छुट्याईएको छ । बाकी ७ लाख ७२ हजार ८०० कित्ता सेयर सर्वसाधारणलाइ बाँडफाड हुनेछ ।
गुरु प्रसाद न्यौपाने कार्यकारी संचालक रहेको कम्पनीले ५०० किलोवाट क्षेमताको रैराङ जलविद्युत आयोजना २०६१ साल देखि संचालनमा छ । कम्पनीले पाचथर तथा ताप्लेजुंग सिमाना रहेको इवाखोलामा ९.९ मेगावाट क्षेमताका दोश्रो आयोजनाको लागि सेयर मार्फत पैसा संकलन गर्न लागेको हो ।
एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, थापाथली काठमाडौँमा सम्पर्क राख्न सकिनेछ भने दरखास्त फारम पाउन र बुझाउन नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा बितित्य संस्थाहरुबाट सि-आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ । इन्टरनेट पहुच भएका इच्छुक लगानीकर्ताले भने मेरो सेयरको अनलाइनमार्फत पनि आवेदन गर्न सक्नेछन् ।
प्रतिक्रिया