वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निक्षेपभन्दा कर्जा परिचालन उच्च हुँदा वित्तीय असन्तुलन, सरकारी खर्च बढेपछि सन्तुलन हुने दावी

अर्थटुडे
२०७५ जेष्ठ ३, बिहीबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी उच्च गरेपछि बैंकिङ प्रणालीमा वित्तीय असन्तुलन भइरहेको छ । कतिपय बैंकहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले विहिबार प्रकाशित गरेको वित्तीय अवस्थामा पनि बैंकिङ प्रणालीमा अझै वित्तीय असन्तुलन गरेको देखिएको छ । वार्षिक विन्दुगत आधारमा २०७४ चैत मसान्तमा कर्जा प्रवाह १९.५ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप परिचालनको वृद्धिदर १५.३ प्रतिशत रहेको छ ।

आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने राष्ट्र बैंकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ