काठमाडौं । जिल्ला विकास तथा समन्वय इकाई, सुनसरी (जिल्ला शिक्षा कार्यालय) का उप–सचिव खगेन्द्र प्रसाद सुवेदी ५० हजार घुस लिदालिदै पक्राउ परेका छन् ।
उनले श्री आधारभूत विद्यालय, भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने भन्दै बिद्यालयका प्रधानाध्यापकसँग घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको टोलीले सुवेदीलाई निवासवाटै पक्राउ गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया