काठमाडौं । सिभिल बैंकको संस्थापक सेयरधनीका रुपमा कर्मचारी संचय कोष र राष्ट्रिय विमा कम्पनी प्रवेश गरेका छन् । बैंकले लिलामीमा राखेका हकप्रद सेयर खरिद गरी दुई कम्पनी बैंकको संस्थापक सेयरधनी बनेका हुन् ।
नेपाल राष्ट्र बैंकले तोके बमोजिमको ८ अर्ब पुँजी पु¥याउन बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९ लाख ९२ हजार २१०.२५ कित्ता हकप्रद सेयर बिक्रिको लागि राखिएको थियो ।
लिलामीमा ३२ लाख २५ हजार ६२० कित्ता सेयरको लागी आवेदन परेकोमा अधिकतम १५० र न्यूनतम १०० रुपैयाँको प्रस्ताव परेको सेयर निश्कासन तथा विक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
हकप्रद सेयर बिक्रीसँगै बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकले संचित मुनाफाबाट बोनस सेयर वितरण गरी अपुग चुक्ता पूँजी पु¥याउने प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बैंकले चालु आवको चैतसम्म ३७ अर्व निको निक्षेप संकलन, ३६ अर्व कर्जा लगानी गरी ३५ करोड खुद नाफा कमाएको छ ।
प्रतिक्रिया