काठमाडौं । प्रभु बैंकले संचालक समितिमा एक जना महिला अनिवार्य गर्ने भएको छ । बैंकको साधारणले संचालक समितिमा कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउनका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकको आर्थिक वर्ष २०७३\७४ को वासलात तथा नाफा नोक्सान हिसाब लगायत विवरण पारित गरेको छ ।
यसैगरी सञ्चालक समितिको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका संचालकहरु शंकर प्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई समेत सभाले सदर गरेको छ ।
प्रतिक्रिया