वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डिआरएन टिभीमा वल्डकप अफर

अर्थटुडे
२०७५ जेष्ठ १०, बिहीबार

काठमाडौं । डिआरएन ब्राण्डले १९ औं वर्षछको अवसरमा वल्डकप अफर सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको अफर अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभीको खरिदमा डिआरएन २.१ स्पिकर, ४३ इन्चको स्मार्ट कर्भ टिभी खरिदमा डिआर ८८८ टेलिफोन सेट रहेको छ । त्यसतै ३९ इन्चको स्मार्ट कर्भ टिभीको खरिदमा डिआर १११ टेलिफोन सेट, ३२ इन्चको स्मार्ट कर्भ टिभीमा १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी खरिदमा १० पिस दुई वाटको एलइडी वल्व रहेको छ ।

यसैगरी कम्पनीले फाईभ ईन वान, टु ईन वान तथा थ्री ईन वान स्पिकर बजारमा ल्याएको छ । ब्राण्डले १९ बर्ष अघि रेडियो, मिनी क्यासेट प्लेयर, वाकमेन तथा भिसिडीबाट इलेक्ट्रोनिक्स सामान बजारमा ल्याएको थियो ।

अहिले ब्राण्डले ५५,४३,३९ र ३२ इन्चमा स्मार्ट कर्भ टिभी समेत बजारमा ल्याईसकेको छ । साथै टेलिफोन सेट, स्मार्ट टिभी बक्स, आइरन, इमर्जेन्सी लाइट, सिएफएल तथा एलइडी वल्व, पंखा, मच्छडब्याट, मल्टी प्लग र टर्च लाइट समेत बजारमा ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ