वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चन्द्रागिरि सहकारीले सुरु ग¥र्यो मोवाईल बैंकिङ सेवा

अर्थटुडे
२०७५ जेष्ठ १४, सोमबार

काठमाडौं । थानकोटस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारीले मोवाईल बैंकिङ सेवा संचालनमा ल्याएको छ । सदस्यलाई आधुनिक सेवा उपलब्ध गराउनका लागि मोवाईल बैंकिङ सुरु गरेको हो ।

मोवाईल बैंकिङ सेवामार्फत सदस्यहरुले खातामा रकम भुक्तानी तथा स्थानतरण, मोवाईल रिचार्ज, विद्युत खानेपानी,लगायतका युटिलिटी बिल पेमेन्ट र कार्डरहित एटिएम सेवा उपभोग गर्न पाउने प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी संस्थाले १०० दिने आवधिक बचत योजना पनि सुरु गरेको छ । यस बचत योजनामा भाग लिने सदस्यहरुले निशुल्क मोवाइल बैंकिङ सेवा उपभोग गर्न पाउने संस्थाले जनाएको छ ।

दुवै सेवाको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) का प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले उद्घाटन गरे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ