बीमा समितिले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका लागू गरेको छ । यसबाट बीमा कम्पनीहरुलाई कस्तो प्रभाव पर्ला ?
व्यवसायलाई पूर्ण रुपमा व्यवस्थित गर्नका लागि सम्पत्ति शुद्धिकरण निवारण व्यवस्था आवश्यक छ । सम्पति शुद्धिकरण निवारणलाई कार्यान्वयन गर्ने मुख्य क्षेत्र नै वित्तीय क्षेत्र हो । बैंक तथा फाइनान्ससँगै बीमा कारोबार पनि यसैमा आउछ । यस क्षेत्रमा सम्पति शुद्धिकरण निवारण हुनसक्ने सम्भावना भएकाले नै सरकारले प्राथमिकताका साथ लागू गरेको हो । सम्पत्ति शुद्धिकरण निवारण ऐनबाट नै यस क्षेत्रमा लागु भएको थियो । अहिले निर्देशिकाको रुपमा आएको मात्र हो । यहि व्यवस्था अनुसार बैंकहरुले पनि ग्राहक पहिचान गर्ने गरेका छन् । हामीले पनि बिमीतहरुको रकम कहाँबाट आउँछ कसरी आउँछ र विमा शुल्क तिर्न सक्छ की सक्त्तैन भनेर हेर्ने गरेका छौ । कुनैपनि व्यक्तिहरुले बिमा गराउँदा उसले नियमित रुपमा विमा गराउन खोजेको छ की कतै सम्पति शुद्धिकरणबाट आएको रकमले गराउन लागेको छ भनेर विचार गनुपर्छ । निर्देशिका अनुसार हामीले केही कुराहरु बिमाको आवेदन पत्रमा थप्नुपर्नेछ सो कुराहरु पनि थप्नेछौ ।अहिलेको बिमाको अवस्था भनेको चारदेखि पाँचलाख रुपैयाँको मात्र हो । त्यसको प्रिमियम भनेको ४० हजार रुपैयाँ मात्र हो । यदी त्यसको मासिक तिर्ने हो भने साढे तीन हजार देखि ४ हजार रुपैयाँसम्मको मात्र हो । नेपालमा अहिले इन्सुरेन्सको मेजुरीटी भनेको सानो रकमको बिमा गर्नेहरुकै छ । तर शंकास्पद कारोबारको कुराहरु हेर्दा हामीले कसैले अनयुजल ट्रान्जजेक्सन त गरेको छैन भनेर हेर्नुपर्छ । कतिपयले ठूलो रकमको बिमा गर्ने र चाडै सरेन्डर गर्ने गरेका पनि छन् । त्यस्तो बिमालाई बढी ध्यान दिनुपर्छ । तर नेपालमा ठूलो ठुलो रकमको बीमा गर्ने चलन बसिसकेको देखेको छैन । बीमा कम्पनीहरुमा सबैभन्दा सुरक्षित पक्ष भनेको जतिपनि प्रिमियमहरु आउने गरेका छन् ति धेरैजसो बैंकबाट नै आउने गरेका छन् ।
सम्पत्ति शुद्धिकरण निर्देशिकाले बीमाको प्रिमियम संकलन तथा नयाँ बीमा पोलेसी बिक्रीमा त असर पर्ला नि ?
जसले सही तरिकाले कमाएर बिमा गरेको छ त्यहाँ कुनै प्रकारको असर नै पर्दैन । बीमा नेपालीहरुको अन्तिम प्राथमिकतामा पर्छ । बीमा गराउन सहज छैन । र अहिलेको साइज हेर्दा धेरै कठिन हुन्छ जस्तो लाग्दैन बीमामा आउने रकम पनि बैंकबाट नै आउने भएको हुदा कुनै कठिन हुदैन । अहिले बिमाको बजारमा ठुलो रकम आउने गरेकै छैन । धेरै जनाले बीमा गराएपनि धेरै रकमको बिमा भको छैन । नेपालमा ठूलो धेरैमा २० करोड रुपैयाँ सम्मको मात्र ठुलो बिमा हुन्छ । बाँकी त स साना विमाकर्ताहरबाट नै उठाउने हो । नेपालको बीमा खुद्रा प्रकारको छ जसले हामीहरुलाई खासै प्रभाव पर्छ जस्तो लाग्दैन ।समितिले संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गरेको छ, यसमा तपाईहरुको मत के छ ? हामीले संस्थागत सुसासनको हकमा पहिलेदेखि नै काम गरिरहेकोले कुनै समस्या छैन । निर्देशिकाले भने बमोजिम हामीले बिमा समितिमा सम्पुर्ण कागजपत्रहरु बुझाउने गरेका छौ । निर्देशिकाको अक्षरस पालना गर्नु बिमा कम्पनीको दायित्व हो । बीमा कम्पनीको सिइओको योग्यता घटाएर स्नातक पास भएका पनि पनि राख्नु राम्रो हो र ? देशमा दक्ष जनशक्ति नै नभएपछि कसरी सिइओ खोज्ने हो ? खाली राख्नु त भएन । उहाँहरुले छिमेकदेशको बीमा बजारको अवस्था पनि हेरेर सो निर्देशिका लागु भएको जस्तो मलाई लाग्छ । यो त गाईडलाइन मात्र हो कस्तो मानिस राख्ने भन्ने तर त्यस कम्पनीको सञ्चालक समितिमा भर पर्ने कुरा हो । बोर्डलाई यस्तो मानिस राख भनेर त कसैले पनि भनेको छैन । बोर्डले मेरो कम्पनीमा कस्तो मानिस राख्दा हुन्छ त्यस्तो नै छान्ने हो । यो न्युनतम योग्यता हो । क्षमता हुने कम्पनी बढी क्षमता भएका सिइओ पनि राख्न सक्छन् ।
निर्देशिकामा बीमा कम्पनी प्रमुख कार्यकारीको लागि कुलिङ पिरियडको व्यवस्थाले कस्तो प्रभाव पार्ला ?
यो विश्वव्यापी अभ्यास हो । कुलिङ दुई प्रकारले राम्रो लाग्छ । जब तपाई लामो समय काम गर्नुहुन्छ भने तपाईलाई आराम अनिवार्य रुपमा चाहिन्छ । अर्को कुरा कुलिङ पिरियड लागु हुदा एकबाट अर्कोमा तत्काल सो प्रमुख कायृकारी अधिकृत जादैन जसले तत्काल प्रतिष्पर्धी समेत हुदैन । अझ एक बर्षको कुलिङ पिरियड हुनुपर्छ । यसले कम्पनीको लामो समयको रणनीति बनाउनको लागि मद्दत पनि गर्दछ । यसले मानिसलाई पुनर्ताजकी गर्ने काम गर्दछ । अर्को कोणबाट हेर्ने हो भने पनि अहिले युवा जमात नै प्रमूख कार्यकारी पदमा पुग्ने गरेका छन् । उनीहरुमा धेरै तनावहरु भइरहेका हुन्छन् तर कुलिङ पिरियडका केही समय तनाव मुक्त हुदा राम्रो नै हुन्छ । कुलिङ पिरियडको व्यवस्था वैज्ञानिक छ । बीमा समितिले नयाँ कम्पनीहरुलाई पनि लाइसेन्स दिएको छ जसले गर्दा बजार अस्वस्थ प्रतिष्पर्धा होला ?बजारमा कम्पनीहरु बढ्नु आफैमा नराम्रो कुरा हैन । देशका सबै बीमा कम्पनीको एउटै लक्ष्य देशका जनतालाई उचित बीमाको सेवा दिने नै हो । यो हाम्रो लागि मुल मन्त्र हो । यदी हामीले हाम्रो मोटोलाई नविर्सीकन काम गर्यौ भने त्यसबाट कुनै असर गर्दैन । तर जसरी हुन्छ बीमा गर्नुपर्छ भनेर लागियो भने त्यो नराम्रो हो । यदी हामी सकारात्मक रुपमा गयौ भने इनोभेसन आउँछ, सर्भिसमा राम्रो हुदै जान्छ । हामीले ग्राहकहरुको लागि नै सभिस दिने हो भने यसको सबै फाइदा ग्राहकले नै पाउने हो । एक्लो भए त्यहाँ सर्भिस इनोभेसन भन्ने कुरा नै हुदैन । त्यहाँ मनोपोली हुनछ ।
अहिले बीमा बजारमा पोलीसीको नक्कल मात्र गर्ने ट्रेन्ड बढेको छ, यसलाई तपाईले कसरी हेर्नुभएको छ ?
बीमाको आधारभुत कुरा त एउटै नै हो । अहिलेसम्म बजारमा आइरहेको पोलिसी भनेको परम्परागत पोलिसी रहेको छ । अबको दुईबर्षमा बीमा बजारमा राम्रो मोड आउछ । । अहिलेसम्म नेपालमा परम्परागत योजनाहरु नै विक्रि भइरहेका थिए । जब परम्परागत योजनाहरु नै विक्रि भइरहेका छन् उनीहरुले इनोभेटिभ खालका योजनाहरु ल्याउन चाहदैनन् । बजारमा नयाँ पोलिसी ल्याउने बारेमा छलफल पनि चलिरहेको छ । केही समयपछि तपाईहरुले देख्न सक्नुहुन्छ । अहिले चाही यसकै बजार पनि पुरा गरेको छैन । अहिले परम्परागत प्लान नै बेच्नका लागि पनि पुगेको छ ।
जसरी हुन्छ बीमा गराउने उदेश्यका साथ बीमा अभिकर्ताहरु बजारमा गइरहेका छन् यसले गर्दा बजार खलबलिन्छ जस्तो लाग्दैन ?
जवरजस्ती बीमा गर्ने बानी भयो भने त्यसले समस्या उत्पन्न गराउँछ । जसले यसरी बीमा गराएका छन् उनीहरुको व्यवसाय सबै सिध्याउँछ । त्यसलाई सन्देशमुलक कार्यक्रम मार्फत जनतलाई सुसुचित गर्नुपर्दछ । यसका लागि सबैले आफ्नो ठाउँबाट सहयोग गर्र्नुपर्दछ । जसरी प्रतिष्पर्धा बढ्दै जान्छ त्यसरी नै प्रतिफल पनि बढ्दै जान्छ । अहिले बीमा गर्नेहरुको संख्या झन्डै १० प्रतिशतको हाराहराीमा मात्र रहेको छ । नेपालमा बीमा प्राथमिकतामा परेको छैन ।
बीमा कम्पनीहरुले बैकको मुद्धति निक्षेपमा मात्र रकम राखेका छन् यसलाई अन्य क्षेत्रमा लगानी गर्नेतर्फ कत्तिको सोच बनेको छ ?
विश्वमा जतिपनि बीमा कम्पनीहरुको लगानीको ट्रेन्ड सरकारले जारी गर्ने बण्डहरुमा लगानी गरेको देखिएको छ । कतिपय बीमा कम्पनीहरुले सरकारी बण्डमा ६० प्रतिशतसम्म लगानी गरेका छन् । त्यो जोखिम रहित छ । त्यो सबैभन्दा राम्रो काम हो । त्यो रकम सरकारले देश विकासको लागि लगाउँछ । त्यसबाट पुँजी जेनेरेट हुने हो । आउने दिनमा हामीले हेरेर लगानी गर्नेछौ । किनकी यो जनताको रकम हो । हामीले सकेसम्म रिक्स कम हुने ठाउँमा जानुपर्दछ । हामीले जलबिद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा लगानी गर्नका लागि समितिले खुल्ला गरेको छ । हामीले प्रत्यक्ष रुपमा लगानी गर्न सक्दैनौ । बीमा गर्नेले अर्को प्रोजेक्ट चलाउने भन्ने हुदैन । जस्तै हामीले अहिले पुर्वाधार विकास बैंकमा लगानी गर्यौ यो हाम्रो लागि ठूलो मुभ हो । अहिले हाम्रो ठूलो लगानी गर्ने साइज नै छैन । मलार्य आशा छ देशमा ठूला ठूला प्रोजेक्टहरु आउँदैछन् । त्यसपछि अबसरहरु आउनेछन् ।
२५ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेका छन्, यस्तो अवस्थामा हरेक जनतामा बीमा पुर्याउन कसरी सक्नुहुन्छ ?
बीमा बचतमात्र नभएर पहिलो सुरक्षा पनि हो । दोस्रोमा मात्र बचत हुन्छ । यदी म रिष्क लिन सक्छु भन्ने भएमा मात्र मानिस लगानी गर्न जान्छ । बीमा पनि यसरी नै आउँछ । त्यसैगरी बीमा पनि जानुपर्ने हुन्छ । जस्तै सुरक्षणका लागि सरकारले स्वास्थ बीमा ल्याएको छ । त्यस्तै प्रकारको हामीले पनि ल्याउन सक्छौ । अर्को बचतमा हामी अहिले पनि गइरहेका छौ । सुरक्षणमा हामी लघुबिमाबाट गइरहेका छौ । हामीले पनि लघबिमाहरु ल्याइरहेका छौ । बजारीकरणका लागि लघुबीमा अलिक कठिन भइरहेको छ । पाटो सबै खुल्ला छ । अहिले सबैठाउँमा बीमाको सम्भावना अत्यधिक छ । कमाइले मात्र होइन, उसको आवश्यकताले पनि निर्धारण गर्दछ । हामीले सबैलाई हुने गरी बीमा पोलीसी बजारमा ल्याउनु पर्छ ।
नेपाल लाइफको आगामी योजना के छन् ?
हाम्रो इतिहास करिव १८ बर्ष लामो छ । हाम्रो ग्राहकको बेस बनीसकेको छ । बीमामा सबैभन्दा महत्वपुर्ण डेटा हो । डेटाहरुको एनालाइसीस गरेर हामीले भविष्य कोर्ने हो । त्यसलाई हामीले उचित एनालाइसीस गरेका छौ । हामीले विदेशी विज्ञहरुसँग पनि छलफल गरेका छौ । आउने दिनमा हाम्रो फोकस भनेको प्रोडक्टहरु नयाँ तरिकाले कसरी ल्याउने भन्ने हो । हाम्रो १०\१२ वटा राम्रो चलिरहेको प्रोडक्टहरु रहेको छ । तर अवको बेला प्रोडक्टको नेचर चेन्ज गर्ने बेला भएकोले आगामी बर्षमा त्यस्तो परिवर्तन देखिने छ ।
प्रतिक्रिया