सेन्चुरी बैंकको वित्तीय अवस्था कस्तो पाउनुभयो ?
सेञ्चुरी बैंकको वित्तिय अवस्था समग्रमा राम्रो रहेको छ । बैकले तेस्रो त्रैमाससम्ममा कर्जा ५१ अर्ब, निक्षेप ५४ अर्ब संकलन गर्न सक्षम भएको छ भने ६३ करोडको हाराहारीमा नाफा कमाएको छ । त्यस्तै खराव कर्जा एक प्रतिशत भन्दा कम छ । जुन बैंकमा भएपनि सिइओका लागि काम गर्ने प्रक्रिया एउटै हो । खाली बोर्डले बनाउने योजना केही मात्र फरक हुन्छ, धेरै फरक भने हुदैन ।
बैंकहरुले अझै व्याजदर घटाएका छैनन् बैंकहरुसँग अझै कर्जायोग्य रकम नभएर नै हो त ?
पहिले कस्तो थियो त्यो मलाई थाहा छैन । तर साथीहरुको भनाई अनुसार पहिलेको तुलनामा समग्र बैंकिङ क्षेत्रमा थोरै मात्र कर्जा योग्य रकम आएको छ । तर, व्याजदर घटाउन सकिने गरी निक्षेप संकलन भएको भने छैन ।
सेञ्चुरीको बेस रेट नै १२ प्रतिशत भन्दा बढी छ, बेसरेट भन्दा कम व्याजमा लगानी गर्न पाईदैन । यस्तो अवस्थामा तपाईहरुले लिने व्याज अत्यधिक महंगो भएन र ?
बजारमा सामान्यतया व्याजदर उस्तै उस्तै नै हुन्छ । किनभने बजारमा प्रतिस्पर्धा छ । त्यसैले सबैले प्रतिस्पर्धामा टिक्न पर्ने हुन्छ । त्यसैले बजारमा अन्य बैंकले लिने भन्दा बढी व्याज हामी पनि लिदैनौ । बेसरेट भन्दा केही माथिसम्म भने जाने हो तर पाँच प्रतिशत सम्मको मार्जिनमा भने हामी जादैनौ ।
बैंकको सिसिडि रेसियो ७८ पुगेको छ यसबाट के बुझ्न सकिन्छ भने अब तपाईहरुलाई निक्षेप खोज्ने बाध्यता छ, यसका लागि के गरिरहनुभएको छ ?
हामीजस्तो बैंकहरु जसको मुख्य आम्दानीको स्रोत कर्जाबाट आउने व्याज नै हो । यसलाई मिनिमम हैन अप्टिमम हिसावले यसको प्रयोग गर्नुपर्छ । हामीसँग अझै २ प्रतिशत बाँकी नै छ । २ प्रतिशत भनेको ठूलो ग्याप हो । हामीले कर्जामात्र ल्याउने तर निक्षेप नल्याउने भन्ने हुदैन त्यसैले हामीले दुवैलाई उत्तिकै ध्यान दिन्छौ । यदी डिपोजिट बढेन भने लोन रोक्नेसम्म गरिन्छ । त्यसैले कुनै असर गर्ने छैन । निक्षेप र कर्जा दुवै बढ्छ । त्यसमा कुनै समस्या हुदैन ।
चालु आर्थिक बर्षमा लामो समयसम्म बजारमा अझै पर्याप्त तरलता नहुनुको कारण के हो ?
अहिलेसम्मको सरकारी खर्चको टे«न्ड हेर्ने हो भने सामान्यतया चैत बैशाखदेखि काम सुरु हुने गरेको देखिन्छ । कसैले चैतमा काम सकेपनि उसले चैतमा नै सबै रकम पाउँदैन । उसले रकम पाउदा करिव एक महिनासम्म लाग्ने गरेको छ । त्यसैले अहिले पनि बजारमा रकम नआउनुमा सरकारले काम गरेको रकमको भुक्तानी समयमा नदिएर पनि हुन सक्छ ।
रिटर्न अफ इक्वीटी र प्रतिसेयर आम्दानी हेर्दा सेन्चरी बैंकले पनि अन्य बैंक सो सरह लाभांस दिन सक्ने देखिन्छ । तर, बजार भाउ बैंकको किन कम भयो ?
बजारमा हाम्रो बैंकको मात्र भाउ घटेको भए के भयो भनेर सोच्नपर्ने हुन्थ्यो । कतै म्यानेजमेन्टमा नै कमजोरी पो भयो की भन्ने हुन्थ्यो । तर समग्र बजार नै ओरालो लाग्दा सेन्चुरीको पनि ओरालो लाग्नु ठिकै हो । हाम्रो मात्र ह्वात्तै ओरालो लागेको छैन । समग्र नेप्से हेर्ने हो भने ओरालो लागेको जस्तो देखिन्छ तर बैंक मात्र हेर्ने हो भने ठुलो स्केलमा झरेको छैन । हामीसँगै खुलेका अन्य पाँचवटा बैंकहरुको पनि प्रगति विवरण हेर्न सकिन्छ । कसैको पनि बजारमा धेरै रकममा कारोबार भएको छैन । बजारमा एकाथरी लगानीकर्ता व्यालेन्ससिट हेरेर र सोचविचार गरेर सेयर किन्ने हुन्छन् भने अर्को ह्वीमका आधारमा सेयर किन्नेहरु पनि हुन्छन् । जस्तै कुनै ठूलो लगानीकर्ताहरुले धेरै सेयर किन्देलान् उनीहरुकै पछि लागेर सेयर किन्नेहरु पनि प्रसस्त छन् । त्यसैले बजार मुल्यमा गिरावट हुने गरेको हो ।
पछिल्लो समयमा सञ्चालक समितिको दवावका कारण सिइओहरुले बैंक छोड्ने गरेको कुराहरु बाहिर आएको छ, तपाईलाई के लाग्छ ?
दुई बर्षको हाराहारीमा चार गुणाले पुँजी बढ्यो, सहज अवस्था बैंकहरुले २० प्रतिशत लाभांस दिए । त्यसको लागि दुई करोड रुपैयाँ कमाए हुने थियो । तर तिनै बैंकहरु अहिले २० प्रतिशत लाभांस दिनको लागि २ अर्ब रुपैयाँ कमाउनु पर्छ । धेरै बैंकहरुको कमाइ भनेको कर्जा प्रवाह गरेर आउने कमाइ नै मुख्य स्रोत हो । एकै बर्षमा चार गुणाले कर्जा बढ्दैन । एक त कर्जा ह्वात्तै बढ्ैन । अहिले समग्र बैकिङ क्षेत्रमा २२ अर्बजति कर्जा होला । तर एकैपटक ९० खर्ब रुपैयाँ कर्जा बढ्दैन । पहिलो त्यसरी ह्वात्तै कर्जा बढ्दैन, अर्को त्यसरी बढाउनु पनि हुदैन । पहिले २ अर्बको चुक्तापँुजी हुदा २० प्रतिशत नाफा दिने बैंकले पुँजी बढाउने वित्तिकै सोही दरमा नाफा दिन सक्तैनन् । विजनेश ह्वात्तै चार प्रतिशतले बढ्दैन । तर केही बर्षपछि भने विस्तारै बढ्दै जाने हो । अर्को दुई बर्षभित्र २० प्रतिशत लाभांस दिने क्षमता बैंकहरुले राख्छन । यदी २० प्रतिशत लाभांस खोजेर आउने प्रेसर भनेको नचाहिने नै प्रेसर हो । तर, लगानीकर्ताहरुले चाहना राख्नु अन्यथा होइन । आफूले रकम हालिसकेपछि रिटर्न चाहियो । यदी १० प्रतिशत देखि १२ प्रतिशतमा नै चित्त बुझाउने हो भने मुद्धति निक्षेपमा राखे पनि हुन्छ । रिष्क लिएर लगानी गरीसकेपछि अलि बढी लगानीको प्रतिफल चाहियो भन्न त मिल्छ । तर यही बर्षमा भने दिन सक्क्तैनन् । यस्तो खालको प्रेसर जहाँ पनि हुन्छ । तर गर्नै नसकिने खालको प्रेसरचाहि दिन भएन । सिइओहरुलाई पनि काम गर्नलाई झकझक्याउने मानिस चाहिन्छ । जागिर नै छोड्नुपर्छ भन्ने चाहि हुनुभएन ।
२८ वटा बाणिज्य बैंकहरुको लागि नेपालमा बजार छ ?
अहिले पनि कतिपय बैंकहरुले त १८ प्रतिशतसम्म कमाइपनि सकेका छन् धेरैजसोको १० प्रतिशत भन्दा माथि रहेको छ । बैकिङ क्षेत्रमा १० प्रतिशत राम्रो लाभांस हो । तर नेपालमा भने मुद्राास्फिति बढी भएकाले लाभांस १० भन्दा बढी नै दिनपर्ने हुन्छ । त्यति त अहिले बैंकहरुले कमाएर दिइरहेका छन् । अझ सहज भएमा २० प्रतिशत पनि पुर्याउलान् । त्यसैले बजार छैन हैन पर्याप्त रहेको छ । एकैपटक चार गुणा पुँजी बृद्धि गरेको अवस्थामा पनि १० प्रतिशतको हाराहारीमा लाभांस दिन सक्ने बैंकहरु रहेका छन् भने उनीहरुको लागि पर्याप्त बजार छ । नेपालमा कतिवटा बैंक ठिक भन्ने कुरा भने बहस कै कुरा हो । तर नियामक निकायले १२ वटा मात्र हुनुपर्छ भने पनि हामी त्यो साइजमा जानै पर्ने हुन्छ । अहिले नै हेर्ने हो भने पनि बैंकहरुले मर्जर वा एक्वीजीसन गरेर पुँजी पर्याएका छन् । संस्था मर्ज भएपनि मानिसहरुको मन मर्ज हुन बाँकी छ । त्यस्तै सफ्टवेयर शाखाहरु सबै मिलाउन बाँकी नै रहेको छ । अबको दुई बर्षपछि यही बैंकहरु नै थोरै भएर थप्नुपर्ने अवस्था आउँछ की ! अहिले नै म्यानेजमेन्ट भइसकेको छैन, यहाँ भन्दा ठूलो खालको मर्र्जर ल्याउदा भताभुङ हुन्छ, झन् रिष्क बढेर जाने हो की भन्ने लाग्छ । समय दिएर पुनरावलोकन गर्नुपर्छ, अहिले नै हतार गर्दा ज्यादा जोखिम हुन्छ ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन लागु गर्ने क्रममा राष्ट्र बैंकले बढी नै कडाइ गर्दा बैंकिङ च्यानलमा रकम नआएका भन्ने अनुमान गरिएको छ यसमा कत्तिको सहमत हुनुहुन्छ ?
व्यत्तिगत रुपमा थाहा छैन । तर, निक्षेपको ग्राफ हेदा स्वतः थाहा हुन्छ । निक्षेप भनेको बढेको छ । कर्जाको माग र निक्षेप बृद्धि सँगै हेर्नुपर्दछ । यदी कर्जाको माग दुई अर्बले बढेको र निक्षेप संकलन ८ अर्बले बढ्यो भने त्यो त बढेकै मानिन्छ । एमाउन्टमा हेर्नभन्दा समग्रतामा हेर्नुपर्दछ ।
स्मार्ट बैकिङ सेवा मार्फत वित्तीय पहुँच बढाउने काम भइरहेको छ । यसमा तपाईहरु के गरिरहनु भएको छ ?
सबै गाउँपालिका बैंकहरु गएका छन्, कोही जादैछन् । कतिपय स्थानमा गाउँपालिकामा साक्षरता दर नै कम छ । कतिपयलाई त मोवाइल चलाउन समेत आउदैन । कतिपयलाई कार्ड नै पनि चलाउन नआउला । नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको बैकिङ प्रवद्र्धन समिति छ । त्यो मार्फत पनि हामीले जनचेतनाको काम गरिरहेका छौ । हामीले पनि आफ्नै स्टाफहरु खटाएर क्यासलेस सोसाइटी नै बनाउनका लागि जनचेतना अभिवृद्धि गरिरहेका छौ ।
प्रतिक्रिया