वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुकुटे माध्यमिक विद्यालयमा नागरिक भाव र नेतृत्व सम्बन्धी तालिम सम्पन्न

अर्थटुडे
२०७५ जेष्ठ २४, बिहीबार

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढि न.पा. १० स्थित श्री सुकुटे माध्यामिक बिधालयमा बाल नेतृत्व,ब्यक्तित्व एब नागरिक भाव बिकास सम्बन्धि एक दिने तालिम तथा कार्यशाला सम्पन्न भयो ।
भि एस ओ नेपालका स्वयंसेवक हेमन्त रिजालको समन्वयमा सो विद्यालयको ७, ८ र ९ कक्षाको विद्यार्थीहरुलाई सो तालिम दिइएको थियो ।

विभिन्न विद्यालय तथा सामुदायिक क्षेत्रमा लामो समयदेखि विभिन्न तालिम तथा कार्यशाला सञ्चालन गर्दै आएका प्रशिक्षक उमेश केसिले सो तालिम दिएका थिए । प्रक्षिक्षक केसिले भबिश्यमा जुन सुकै क्षेत्र तथा पेशा गर्न पनि नेतृत्वको क्षमता आवश्यक पर्ने र त्यसको सुरुवातमा आफ्नो नेतृत्व आफैले गरि आफैबाट सुरु गर्नु पर्ने बताए ।

उनले आफ्नो क्षमता पहिचान गर्दै त्यसको बिकास,अभ्यास गर्दै अघि बढ्नाले नेतृत्व क्षमता बिकास हुँदै जाने बताए ।
पछिल्लो समयमा नागरिक समाज प्रतीको दायित्व र कर्तब्य प्रती उदासिन भैरहेको अवस्थामा बालबालिकालाई समाजप्रतिका उत्तरदायित्व सिकाउद लैजानुपर्ने केसीले बताए ।

स्वयंसेवक रिजालले पनि सो कार्यक्रममा तीन महिना समयमा आफुले लम्जुङ गइ सिकेका अनुभब तथा सिपहरु अतर्गत फोहोर ब्यबस्थापन, नेतृत्व सम्बन्धी, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी जानकारी र किशोरावस्था आवस्यक पर्ने स्वास्थ्य सम्बन्धि जानकारी समेत दिएका थिए ।

पाठ्यक्रम भन्दा फरक र भबिश्य सग जोडिएको हुनाले बिद्यार्थीहरुले निकै नै उत्साहित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ