काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याज पाइने बचत खाता योजना “चन्द्रसूर्य बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा सर्वाधिक १०% वार्षिक ब्याजदर प्रदान गर्नेछ ।
न्यूनतम मौज्दात दश हजार रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस. बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा शतप्रतिशत छूट तथा पाँच लाख सम्मको दूर्घटना बिमा समेत हुने बैंकले जनाएको छ ।
त्यसैगरी आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२% वार्षिक ब्याजदर प्रदान गर्ने भएको छ, जसमा न्यूनतम मौज्दात रु. तीन लाख रहेको छ ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।
प्रतिक्रिया