वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१२.१३ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अवस्था छ : नरबहादुर थापा

अर्थटुडे
२०७५ असार २१, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । विहिबार आयोजित एक अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले आठ प्रतिशतको वृद्धिदर हासिल गर्न कुनै समस्या नरहेको बताए ।

‘दुई वर्षदेखि मुलुकले निरन्तर छ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरिरहेको छ,’ उनले भने, ‘यसपाली १२.१३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अवस्था रहेको छ ।’

आर्थिक वृद्धिको सम्भावना हुँदाहुँदै पनि यो वृद्धिदर कायम राख्ने चुनौति भने थपिएको थापाले बताए । त्यस्तै, वित्तीय क्षेत्र र राष्ट्रिय अर्थतन्त्रलाई जोड्ने, व्यापार घाटा कम गर्ने लगायतका चुनौतीहरु पनि रहेको उनले बताए । कर्जा आपूर्तिको तुलनामा माग बढि भएका कारण देखिएको तरलता एवम् व्याजदरको समस्या समाधान गर्नुपर्ने चुनौति पनि राष्ट्र बैंक सामू रहेको उनले उल्लेख गरे ।

मौद्रिक नीतिमा विग मर्जरको विषय भने नसमेटिने भएको छ । थापाले विग मर्जरका लागि अहिले उपयुक्त समय नभएको बताए । अहिले राष्ट्र बैंकको ध्यान पुँजीवृद्धि योजनालाई व्यवस्थित रुपमा समापन गर्नेतर्फ मात्रै भएको बताउँदै उनले यसपालीको मौद्रिक नीतिमा बिग मर्जरको विषय नसमेटिने प्रष्ट पारे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ