काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको छ । विहिबार टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे । त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले संयुक्त गरे ।
शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीले ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवा दिइरहेको छ ।
कम्पनीले १० शेयर बराबर ८ को अनुपादमा हकप्रद सेयर जारी गर्दैछ । हकप्रदपछि हुने ९७ करोड २० लाख पुँजीमा ५ प्रतिशत बोनस सेयर दिएपछि १ अर्ब २ करोड ६ लाख पुग्ने श्रेष्ठले जानकारी दिए ।
कम्पनीले आर्थिक वर्ष २०७४।०७५ मा १ अर्व ९२ लाख बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया