वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जवाफमा चित्त नबुझेपछि जोशीको सुनुवाई स्थगित

अर्थटुडे
२०७५ श्रावण १३, आईतवार

काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारीस भएका दीपकराज जोशीले संसदिय समितिमा दिएको जवाफ चित्त नबुझेपछि संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ ।

जोशीको नाम अनुमोदन गर्ने\नगर्ने भन्ने सम्बन्धमा निर्णय गर्न आइतवार बिहान बैंठक बोलाइएको थियो । तर, दुई सांसदहरु पुष्पा भुसाल र जीतेन्द्र देव बाहिर भएका र समितिमा आवश्यक छलफल गर्न बाँकी भएकाले बैठक स्थगित गरिएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिइन् । समितिको बैठक अब सोमवार दुई बजे बस्ने भएको छ ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नुपर्ने भएको हुँदा बैठक स्थगित भएको हो ।

भावी प्रधानन्यायाधीश जोशीको गत बिहीवार सुनुवाइ भएको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ