वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कक्षा १२ को परिक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

अर्थटुडे
२०७५ श्रावण १७, बिहीबार

काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले विहिबार विहान सबै संकायको नजिता प्रकाशित गरेको हो ।

नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा १ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २ सय २१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा २७ हजार ६ सय ४३, २.४१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ परीक्षार्थी रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना रहेको बोर्डले जनाएको छ ।

परीक्षामा नियमित तर्फ ३ लाख र आंशिक तर्फ १ लाख गरी कूल ४ लाख विद्यार्थीहरु सहभागी थिए ।

यसरी हेर्न सकिन्छ नतिजा

नतिजा हेर्नेका लागि www.neb.gov.np  नेपाल टेलिकमको www.neb.ntc.net.np मा हेर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ