काठमाडौं । मौद्रिक नीतिले बैंकहरुलाई अनिवार्य नगद मौजाद (सीआरआर) मा सहूलियत दिएपनि कर्जाको व्याजदर नघटाएपनि गर्भनर आक्रमक बनेका छन् ।
नेपाल बैकर्स एसोशिएनले आयोजना गरेको कार्यक्रममा बोल्दै गर्भनर डा. चिरञ्जीवी खतिवडाले कर्जाको व्याजदर घटाउन निर्देशन दिए । “कुनै आनाकानी र बहानावाजी नगरीकन व्याजदर घटाउनुहो्” उनले भने, “प्रहरीले अपराधीलाई गरेजस्तो व्यवहार गर्न नपरोस् ।”
मौद्रिक नीतिले बैधानिक तरलता अनुपात (एसएलआर) बाणिज्य बैंकलाई १२ प्रतिशतबाट घटाएर १० प्रतिशत, विकास बैंकका लागि ९ बाट घटाएर ८, फाइनान्सलाई ८ बाट घटाएर ७ प्रतिशत बनाएको छ । यसैगरी सीआरआर पनि घटाएर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
यो व्यवस्थाका कारण बजारमा पर्याप्त लगानीयोग्य रकम (तरलता) आउने भएकाले व्याजदर घट्नुपर्ने राष्ट्र बैंकको तर्क छ ।
तर, बैकर्सहरुले भने मौद्रिक नीतिमार्फत आएको सहूलियतको असर देखिन आर्थिक वर्षको एउटा त्रैमाससम्म कुर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया