वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पेट्रोलियम पदार्थको भाउ बढ्यो

अर्थटुडे
२०७५ भाद्र ४, सोमबार

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । डलरको रेट उच्च भएपछि भाउ बढाउनु परेको निगमले जनाएको छ ।

आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेल दुई रुपैयाँ तथा हवाइ इन्धनको साढे चार रुपैयाले भाउ बढाएको हो । एलपीजी ग्यासको मूल्य भने यथावत राखेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ