वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असोज ९ र १० गते अन्तर्राष्ट्रिय बिमा सम्मेलन

अर्थटुडे
२०७५ भाद्र १७, आईतवार

काठमाडौं । आगामी असोज ९ र १० गते नेपालमा अन्तर्राष्ट्रिय बिमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको संगठन (एआईआरडीसी)ले आफ्नो २२औं सम्मेलन नेपालमा गर्ने भएको हो ।

होटल सोल्टी क्राउन प्लाजामा हुने सम्मेलनमा बिमाको नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ र बिमाक्षेत्रमा सरोकारवालाहरु गरी पाँच सयको सभागिता रहेनछ । सम्मेलनमा विदेशी मुलुकबाट करिव २ सय जना सहभागी हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल हुने बताइएको छ ।

 

सम्मेलनका लागि बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंको अध्यक्षता र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहको सहअध्यक्षमा समिति गठन गरिएको छ ।

सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल हुने बताइएको छ ।

सम्मेलनमा विपद् जोखीम व्यवस्थापनसम्बन्धी विषयलाई मुख्य एजेण्डाका रूपमा लिइएको छ । यसै विषयमा बिमा विज्ञहरुले कार्यपत्र पेश गर्ने र निश्कर्षका रुपमा काठमाडौं घोषणापत्र समेत जारी गरिने बताइएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ