काठमाडौं । नेपाल भारत मैत्री समाजले काठमाडौंको न्ह्योखास्थित जनचिकित्सालयलाई करिब तीन लाख २५ हजार बरबबरको उपकरणहरु उपलब्ध गराएको छ । समाजका सभापति प्रेम लस्करीले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुृन्दर शाक्यको प्रमुख आतिथ्यमा आयोजित एक समारोहवीच चिकित्सासम्बन्धी ती सामग्रीहरु चिकित्सालयका अध्यक्ष विमला मानन्धरलाई शनिबार हस्तान्तरण गरे ।
सो कार्यक्रममा अमेरिकाको वाशिंगटनस्थित इभरग्रीन हस्पिटलकातर्फबाट अल्सरका रोगीहरुको निम्ति आवश्यक पर्न कोलस्टोमी व्याग पनि हस्तान्तरण गरियो ।
सो अवसरमा काठमाडौंका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, भारतीय दूतावासका राजनैतिक विभागका प्रथम सचिव सौम्य चन्दख्रशेखरणाचार्य तथा का.म.न.पा. वडा नं. २५ का अध्यक्ष नीलकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।
स्थानीय जनताको सहयोगमा २०३९ साल वैशाखमा स्थापित सो चिकित्सालयले सो क्षेत्रका जनतालाई निःशुल्क उपचार सेवा उपलब्ध गराउंदै आएको ।
प्रतिक्रिया