वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अनलाईन पेमेन्ट ‘कनेक्ट आइपीएस’ सुरु

अर्थटुडे
२०७५ कार्तिक ११, आईतवार

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले अनलाईन पेमेन्ट ‘कनेक्ट आइपीएस’ औपचारिक रुपमा संचालनमा ल्याएको छ । यो प्रणाली कम्पनीले यस अघि परिक्षणको रुपमा अनलाईन राजस्व भुक्तानी र अनलाईन फण्ड ट्रान्सफरमा प्रयोग हुँदै आएको थियो ।

उक्त प्रणालीको वेव र मोवाईल एप अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरे ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कम्पनीको वेव वा मोवाईल एप्समा आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई सिधै आफ्नो बैंक खाता मार्फत कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको छ । सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हँदा कारोबार सहज हुन्छ ।

यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी रकम ट्रान्सफर लगायत अन्य सेवाहरु पनि समावेश गरिएको छ । क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर, ब्रोकरको भुक्तानी लगायतका अन्य भुक्तानीहरु पनि सजिलै गर्न सक्ने भएको छ ।

अनलाईन मार्फत प्रति कारोबार रु. १ लाख सम्मको भुक्तानी गर्न सकिने छ भने मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यस प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकामा हाल सम्म ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ । कम्पनीले यस प्रणालीमा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवद्ध गराउदै लैजाने योजना रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ