वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविल बैंकले ३४ प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७५ मंसिर १८, मंगलवार

काठमाडौं । नबिल बैंकले ३४ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोन शेयर र २२ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले ५०२ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सो लाभांस प्रस्ताव गरेको छ । गत बर्ष बैंकले ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले १०० कित्ता बराबर १२ कित्ता अर्थात १२ प्रतिशत बोनश र २२ प्रतिशत अर्थात एक कित्ता बराबर २२ रुपैयाँका दरले कर सहित नगद लाभांश गरी चुक्त्ता पूँजीको कूल ३४ प्रतिशतले हुन आउने दुई अर्ब ७३ करोड ४६ लाख ९५ हजार बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । नबिलले गत वर्षमा ४ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ