वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

“ढुक्क हुनुहोस् रेल पनि आउछ टिकट काट्न पनि पाउनुहुन्”: प्रम ओली

अर्थटुडे
२०७५ पुष २२, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाजको कुरालाई अफवाहको रुपमा फैलाइएको प्रति दुखेको पोखे ।
आइतबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भने, ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको छ ‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ । म साथीहरुलाई ढुक्क हुन आग्रह गर्छु ।’
उनले केही मानिसहरुले पानी जहाज आउने कुरालाई उडाउदै ‘कागजको डुंगा बनाएर फ्याक्ने, गुडिया रेल खेलाउने गरेको र केहीले पानी जहाजको टिकट काटौं भनेको काउन्टर खोइ भनेको सम्म सुनिएको बताउँदै हिजो पानी जहाज हुनसक्दैन भन्नेहरुले अहिले टिकट खोज्नु सकारात्मक भएको बताए ।

यसअघि प्रधानमन्त्री ओलीले २०७५ पुस १६ का लागि पानी जहाजको टिकट काट्न निम्तो दिएका थिए । तर, उनले आफ्नो बाचा किन पूरा भएन भन्ने जवाफ दिनुको साटो प्रश्न गर्नेहरुलाई नै व्यंग्य गरेका छन् ।
ओलीले सम्बोधनका क्रममा भने, धैर्य रहौं– रेल पनि आउँछ, जहाज पनि चल्छ । स्टेशन, टिकट काउण्टर सबै खुल्छ, ढुक्क रहे हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ