काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटारमा जग्गा किनेको स्विकार गरेका छन् । सरकारले मुआब्जा दिएर अधिग्रहण गरीइसकेको जग्गा भुमाफियाहरुले खरिदबिक्री गरेको र पौडेलले समेत छोराको नाममा ८ आना जग्गा किनेको संचारमाध्यममा सार्वजनिक भएको थियो ।
संचारमाध्यममा सार्वजनिक भएसँगै पौडेलले विज्ञप्ती प्रकाशित गरी नियमअनुसार जग्गा किनेको जनाएका छन् । जग्गा हिनामिनामा आफ्नो कुनै संलग्नता नरहेको उनको दावी छ ।
मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोरा नवीनका नाममा किनेका हुन् ।
ललिता निवासको १ सय १३ रोपनी ३ आना जग्गा सरकारले रोक्का राखिसकेको छ भने जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले अध्ययन गरिरहेका छन् ।
प्रतिक्रिया