वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलले ३९ अर्व कर तिर्नुपर्ने, सात दिने समय

अर्थटुडे
२०७६ बैशाख ३, मंगलवार

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक कम्पनी एलसेलले ३९ अर्व कर तिर्नुपर्ने भएको छ । ठूला करदाता कार्यालयले एक साताको समय दिएर कर निर्धारण गरेको हो ।

कार्यालयका अनुसार एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा कर तिर्नुपर्नेछ । एनसेलको बिक्रीबापतको कुल कर ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा रहेकोमा अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको कार्यालयले जनाएको छ ।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो। त्यसको कर तिर्नै नपर्ने भन्दै एनसेलले दाबी गरिरहेको थियो ।

सर्वोच्च अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएपछि सरकारले बिक्रीमा लाग्ने पुँजीगत लाभकर निर्धारण गरी तिर्न पत्राचार गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ