काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र बालाजुस्थित भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबिच आइजीआई विद्याथी बीमालेख सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार सहकारी संस्थामा निश्चित रकम राखी खाता संचालन गर्ने सदस्य विद्यार्थीहरुलाई संस्थाले बिमा सेवा उपलब्ध गराउनेछ ।
सम्झौतापत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरे ।
सम्झौतापछि बोल्दै आइएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफना विद्यार्थी ग्राहक महानुभावहरुको व्यक्तिगत दुर्घटना, औषधोपचार तथा मासिक शुल्क समेत साथै निज विद्यार्थीको आमा वा बुबाको हकमा दुर्घटना बीमा समेतको रक्षावरण गर्ने गरी नेपालमा नै पहिलो पटक जारी भएको बीमालेख मार्फत सेवा प्रदान गर्न इच्छुक भई संझौता गर्नुभएकोमा धन्यवाद व्यक्त गरे । सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले आफ्नो संस्थासंग आवद्ध विद्यार्थीहरुलाई निशुल्क बिमा सेवा प्रदान गर्न पांउंदा खुशी लागेको बताए ।
प्रतिक्रिया