काठमाडौं । प्रभु बैंकले प्रभु चेतना बचत खाता नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । २०७६ बैशाख १ गते सरकारले शुभारम्भ गरेको “खोलौं बैंक खाता अभियान, २०७६” अभियानसँग ऐक्यवद्धता जनाउँदै नयाँ योजना सुरु गरिएको बैंकले जनाएको छ ।
यस अभियान अन्र्तगत चेतना बचत खाता खोल्नेलाई बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । वार्षिक ५ प्रतिशत व्याजदर रहेको खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
यसैगरी बैंकले सहूलियतपूर्ण कर्जा योजना पनि सुरु गरेको छ । राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार व्याज अनुदान उपलब्ध गराएको वर्ग तथा क्षेत्रलाई उच्च प्राथमिकता दिई लक्षित वर्ग र क्षेत्रलाई सहज ढंगले कर्जा उपलब्ध गराउन बैंकले योजना सार्वजनिक गरेको हो ।
प्रतिक्रिया