वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल र ताईवानबिच व्यापारिक साझेदारीबारे छलफल

अर्थटुडे
२०७६ बैशाख ६, शुक्रबार

काठमाडौं । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तक्रिया सम्पन्न भएको छ । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायरहरू सम्मिलित सो प्रतिनिधिमण्डलले काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यती होटलमा नेपाली व्यवसायीहरूसँग आइतबार प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तक्रिया गरेका छन् ।

काउन्सिलको नेतृत्वमा नेपाल आएका सात सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलले नेपालमा आफ्नो उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न उत्साहित भएको बताएका छन् । कार्यक्रममा एक सय भन्दा बढी नेपाली व्यापारी तथा खरिदकर्ता सो अन्तरक्रियामा सहभागिता रहेको नेपालका लागि सम्पर्क व्यक्ति दर्शन न्यौपानेले बताए । उनले प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेसिन, खाद्यपदार्थ तथा जुस, स्टिलपाता तथा कोइला, एलइडी बत्ती तथा सङ्ख्यात्मक डिस्प्ले, सिसीटिभी क्यामरा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका विषयमा लगायतका विषयमा छलफल भएको जानकारी दिए ।

न्यौपानेले ताइवानका व्यापारीले दक्षिण एसियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल, भारत र बङ्गलादेशमा यस प्रकारको व्यापारिक अन्तक्रिया गर्दै आएको बताए । उनले यसरी नेपाल आएका ताइवानी व्यापारीले नेपाली व्यापारीसँगको भेटघाटमा यसपटक सात थरिका विभिन्न उत्पादनको प्रवद्र्धन गरेको जानकारी दिए । उनले नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको सम्भावनाबारे अन्तरक्रिया अत्यन्तै फलदायी भएको उनको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ