वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड इन्स्योरेन्सको सेवा सिटिजन्स बैंकबाट

अर्थटुडे
२०७६ बैशाख ६, शुक्रबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्स कम्पनीबिच बिमा सेवा सम्बन्धी समझदारी भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका ग्राहकहरुले बैंकका सबै शाखाबाट युनाइटेड इन्स्योरेन्सको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण सेवाहरु लिन सक्नेछन् ।

सिटिजन्स बैंकले हाल ८१ वटा शाखा, ७५ वटा एटिएम काउन्टर ९९ वटा शाखा रहित बैंकिङबाट करिव चार लाख ग्राहकलाई सेवा दिइरहेको छ । यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । सम्झौतापछि बैंकबाट बिमासम्बन्धी सेवा लिन समेत सहज हुने बैंकको दावी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ