वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नविकरणीय उर्जाका लागि विश्व बैंकले करिब ८५ करोड लगानी गर्दै

अर्थटुडे
२०७६ बैशाख ९, सोमबार

काठमाडौं । विश्व बैंकले नेपालको नविकरणीय उर्जा विस्तारका लागि साढे ८४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । सोमबार नेपाल सरकार र विश्व बैंकबिच भएको यससम्बन्धी सम्झौतामा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका एक्टिङ कन्ट्री म्यानेजर विज्ञान प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सरकार, विश्व बैंक र निजी क्षेत्रको सहकार्यमा नेपालका केही क्षेत्रमा नविकरणिय उर्जाको उपयोग बढाउन नयाँ परियोजना स्थापना हुनेछ । ४ वर्षे अवधिको ग्रीड उर्जा पहुँच परियोजनामा १७.२१ मिलियन अमेरिकी डलर लगानी हुनेछ ।

परियोजनामा विश्व बैंकले स्ट्राटेजिक क्लाईमेट फण्डबाट ५.६१ मिलियन डलर र २ मिलियन डलर सहुलियत ऋण गरी जम्मा ७.६१ मिलियन डलर ( करिव ८४ करोड ५२ लाख रुपैयाँ) लगानी गर्नेछ । यसैगरी नेपाल सरकारले ६० लाख अमेरिकी डलर र निजी क्षेत्रले ३० लाख ६० हजार डलर लगानी गर्नेछन् ।

परियोजनाले नेपालको ग्रामिण क्षेत्रका १ लाख २६ हजार सर्वसाधारण र ८० भन्दा बढी उद्योगहरुलाई विभिन्न उर्जाका साना परियोजनामार्फत लाभ प्राप्त हुने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ